२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

बैशाख २२ देखि लोकेश्वर महादेव धार्मिक महोत्सव अायाेजना हुने

बैशाख २२ देखि लोकेश्वर महादेव धार्मिक महोत्सव अायाेजना हुने

समाजिक तथा धार्मिक क्षेत्रमाा काम गर्दै आएको संस्था श्री लोकेश्वर प्राकृतिक संरक्षण उपभोक्ता समितिको सत्संकल्प तथा भक्तियोग फाउन्डेसन नेपालको तात्वधानामा यही वैशाख २२ गते देखि २९ गते सम्म मा ‘श्री लोकेश्वर महादेव धार्मिक महा–महोत्सव’ आयोजना हुने भएको छ ।

महा–महोत्सव सम्पन्न गर्न ‘श्री लोकेश्वर महादेव धार्मिक महा–महोत्सव मूल समारोह समिति’ समेत गठन भएको छ बुढानिलकण्ठ नगरपालिका–८, भंगाल, बाहुनडाँडा, सुन्दरबस्तीमा आठ दिने श्री लोकेश्वर महादेव धार्मिक महा–महोत्सव–२०७५ को आयोजना हुने भएको हो । श्री सीताराम दरबार स्थापना, रुद्राभिषेक सहित गुरुकुल सञ्चालन, अखण्ड भजन, किर्तन, दीप प्रज्वलन तथा हवनको व्यवस्था गर्ने, वयोवृद्धहरुका लागि भजन, सत्संगस्थल, युवाहरुका लागि ध्यान, योग, संस्कार केन्द्र, बालबालिकाहरुका लागि बाल संस्कार लगायतका विभिन्न कार्यक्रमहरु संचालन गरिने गरी उक्त समारोह सम्पन्न गरिने कार्यक्रम छ ।


उक्त समारोहमा संगीतमय श्रीमदभागवतको दार्शनिक प्रवचन, राष्ट्रिय कलाकारद्वारा विषेश सांगीतिक प्रस्तुती, पितृमुक्ति अनुष्ठान विशेष कार्यक्रम, सहस्र १००८ शालिग्राम पूजा, अर्चना, दर्शन एवं परिक्रमा, योग विज्ञान शिविर, बाल संस्कार कार्यक्रम, तुलादान कार्यक्रम, गौदान कार्यक्रम, भूमिदान, अन्नदान कार्यक्रम, रामदरवार प्राण प्रतिष्ठा कार्यक्रम, विवाह, ब्रतबन्ध, ग्रहशान्ति र ८४ पूजा कार्यक्रम समेत सञ्चालन गरिने मूल आयोजक समितिका संयोजक दिपक वेरुवालले बताउनु भयो ।
उक्त समारोहको समुदघाटन वैशाख २२ गते मध्यान्ह १ बजे उपराष्ट्रपति नन्द किशोर पुनले गर्नुहुने कार्यक्रम रहेको जानकारी प्रचार प्रसार संयोजक निरन्जन अधिकारीले दिनुभएको छ । मूल समारोह समितिले सम्पूर्ण महानुभावहरुमा उपस्थिति तथा यस पवित्र कार्यमा सहयोगको लागि अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij