२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

बैंक तथा वित्तीय संस्थाका सबै शाखा सञ्चालनमा

बैंक तथा वित्तीय संस्थाका सबै शाखा सञ्चालनमा

काठमाडौं: लकडाउनका कारण बन्द बैंक तथा वित्तीय संस्थाहरु आज खुलेका छन्।

तेस्रो त्रैमासको अन्तिम दिन सरकारी राजस्व तथा बैंक ऋण भुक्तानीका लागि सबै बैंकका शाखा कार्यालय खुलेका हुन्। बैंक तथा वित्तीय संस्थाले मातहतका कर्मचारीलाई परिपत्र गरेर आइतबार सबै शाखा कार्यालय खोल्न निर्देशन दिएको थियो।

‘आज खोल्ने भन्ने कुरा भएको हो। बैशाख लागेपछि भने अवस्था हेरेर शाखा खोल्ने/नखोल्नेबारे निर्णय हुनेछ,’ बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने, ‘आज सबै खोलेपछि कस्तो अवस्था रहेछ भन्ने पनि थाहा हुन्छ। सबैको निक्षेप र ऋणको विवरण पनि आउँछ।’

केही विकास बैंकहरुले पनि एक/दुई दिनअघिबाटै सबै शाखा खोलेर सेवा दिन थालिसकेका छन्। ‘हामीले तीन दिनयताबाट सबै शाखा खोलेर सेवा दिन थालिसकेका छौं,’ महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले भने, ‘सीमित समयका लागि भए पनि पूरै १०२ वटै शाखा सञ्चालन भइरहेका छन्।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij