२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा उज्जवल कसजु विजयी

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा उज्जवल कसजु विजयी

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको संघको ६७ औं वार्षिक साधारणसभा तथा २४ औं अधिवेशनबाट अध्यक्षमा उज्ज्वलप्रसाद कसजु विजयी भएका छन् ।  कसजुले उनका प्रतिद्वन्दी हरिप्रसाद अर्याललाई १७९ मतले पराजित गर्दै विजयी भएका हुन् । उनले ६६२ मत प्राप्त गरेका छन् भने अर्यालले ४८३ मत प्राप्त गरेका छन् । हिजो भएको मतदानको नजिता आज बिहान आएको हो ।

संघको नयाँ कार्यसमिति चयनको लागि बिहिबार अध्यक्ष, कोषाध्यक्ष, सचिव तथा खुल्ला तर्फको सदस्य र महिला तर्फको सदस्य पदमा मतदान भएको थियो । कोषाध्यक्ष पदमा ६९२ मत सहित नविन श्रेष्ठ, सचिव पदमा ५२१ मत सहित मुक्तिप्रसाद अधिकारी निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त बाबुराम पाण्डेले बताए ।

त्यस्तै, खुल्ला तर्फको कार्यसमिति सदस्य पदमा दिनेश श्रेष्ठ, दिपकप्रसाद चापागाई , कृष्ण श्रेष्ठ, मोहमद जमिल खान, सुमोदमान सैंजु, टिकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ विजयी भएका छन् । त्यसैगरी महिला सदस्यतर्फ जमुना पौडेल र मीना प्रधान विजयी भएको छन् ।

नयाँ नेतृत्व चयनको लागि भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा टंकप्रसाद गैरे, बाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल, महासचिव पदमा बिमलराज भट्टराई तथा एशोसियट सदस्य पदमा आनन्दप्रसाद वझा, ४ उद्योग सदस्यमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु, र संजय कलवार जयसवाल र ४ बाणिज्य सदस्य पदमा काशिराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेल निर्बिरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij