२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

बीपी राजमार्गमा भार मापन यन्त्र जडान हुने

बीपी राजमार्गमा भार मापन यन्त्र जडान हुने

बीपी राजमार्गमा सवारी भार मापन यन्त्र जडान हुने भएको छ । साँघुरो, घुमाउरो सडकमा मापदण्ड भन्दा विपरीत सवारीसाधनले ओभरलोड बोक्न थालेपछि सरकारले सवारी भार मापन यन्त्र जडानको प्रक्रिया अगाडि बढाएको हो ।

सवारी साधनले ओभरलोड बोक्दा सडकको अवस्था दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । धुलिखेल–नेपालथोक सडक खण्ड निर्माण भएको १६ वर्ष पुगेको छ । अहिले उक्त सडक खण्डको अवस्था निकै अस्तव्यस्त बन्न पुगेको छ ।

सडक स्तरोन्नति र मर्मत कार्य भए पनि क्षमताभन्दा बढी भार भएका सवारी साधन ओहोर दोहोर हुँदा कालोपत्रे छ महिना पनि टिक्न गाह्रो हुने गरेको सडक विभागले बताएको छ । नेपालथोक–धुलिखेल सडख खण्ड दिनप्रतिदिन भत्किनुमा मुख्य कारण ओभरलोड भएका ट्रिपर सञ्चालन भएको निष्कर्ष सडक विभागको छ ।

जाइकाले दिएको रिपोर्टअनुसार सवारीको वजनसहित यस राजमार्गमा १६ टनभन्दा माथिको सवारीसाधन सञ्चालन गर्न मिल्दैन । अहिले सर्वोच्च अदालतले १० टनभन्दा माथिको सवारीसाधन सञ्चालन नगर्न अन्तरिम आदेश दिए पनि २० टनसम्मका सवारीसाधन निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । सरकारले मापदण्ड लागू गरेपछि कुन सवारी साधनले कति भार बोक्छन् भन्ने मापन अहिलेसम्म हुन सकेको छैन् ।यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij