बिमा रकम ठगी गर्न आफ्नै पसलमा चोरी गराउने सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् ।
चितवनको कालिका–६ खोलेसिमलस्थित सुन पसलमा भएको चोरीको अनुसन्धान गर्ने क्रममा प्रहरीले सञ्चालक विनोद सुनार,विजय विश्वकर्मा, पूर्णबहादुर विश्वकर्मा, पवन पासवान र अञ्जना पुडासैनी केसीलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।
१ असारमा राति साढे ८ बजे चितवनको कालिका नगरपालिका- ६ खोलेसिमलस्थित विनोद सुनचाँदी पसलमा लुटपाट भएको थियो ।
हतियारधारी व्यक्तिहरू आएर दुई करोड १७ लाख ५४ हजार रुपैयाँबराबरको सुन चोरी भएको उजुरी सञ्चालक सुनारले गरेका थिए।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानबाट सुनारले नै चोरी भएको नाटक गरी बिमा रकम ठगी गर्न योजनाबद्ध रूपमा एक समूहलाई खटाएको खुलेको हो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij