२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

बाबुको ठेगान नभएको एकल महिलाको बच्चाको थर मावलीकै हुने  

बाबुको ठेगान नभएको एकल महिलाको बच्चाको थर मावलीकै हुने  

 

काठमाडौ । सरकारले एकल महिलाबाट जन्मेको बाबुको ठेगान नभएको बच्चाको जन्मदर्ता लगायतका कागजात बनाउन निर्देशन दिएको छ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशभरका सबै ६ हजार ७४३ वटै वडा कार्यालयलाई सरकारी कागजातबारे ४ बुँदे सर्कुलर जारी गरेको छ।

विभागका निर्देशक नवराज जैसीले जारी गरेको सर्कुलरमा विवाहअघि जन्म भएको तर बाबुको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानमा बसेको भए बच्चाको थर मावलीकै राख्न निर्देशन गरिएको छ। तर ठेगाना भने आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिने विभागले जनाएको छ।

बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिने निर्देशक जैसीले बताए। यसरी बच्चाको जन्म दर्ता भइसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा भने सो जन्मदर्ता रद्द गरी बाबुको ठेगानबाट नयाँ जन्मदर्ता गरिने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij