२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

बाग्लुङका शर्माले रुपन्देहीमा किन गरे झुण्डीएर आत्म हत्या ?

बाग्लुङका शर्माले रुपन्देहीमा किन गरे झुण्डीएर आत्म हत्या ?

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकामा एक जनाले झुण्डीएर आत्म हत्या गरेका छन् ।

बैशाख २२ गते रातको समयमा धौवलागिरी रेष्टुरेन्ट एण्ड लजका सञ्चालक बाग्लुङ्ग जिल्ला घर भएका वर्ष ४० का खेमानन्द शर्माले रातको समयमा कटेज भित्र बत्तिको कालो तारमा झुण्डीएर आत्म हत्या गरेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

रेष्टुरेन्टको कटेज भित्रै फलामको ट्रष्टमा प्लाइउड राखिएको त्यसमा तार रहेको घाँटीमा पासो लगाई झुण्डिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टर इश्वर कार्कीले बताए ।

इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टर इश्वर कार्कीका अनुसार बुढा बुढीमा झगडा भएपछि बच्चाहरुलाई सोध्दा राती बाबाले ममिलाई घ्यू खान भनेको ममिले नखाएको बाबाले रक्सी खाएका कारण बाबाले बाहिरबाट चुक्कल लगाएर गएको बच्चाहरुले बताएको जानकारी दिए ।
कसरी ढोका खुल्यो भन्दा उनिहरुले भित्रबाट हात छिराएर उनिहरुले ढोका खुलेको बताए ।

मृतकले कपिमा दुई तिन लाइन लेखेर छाडेर पनि गएको उनले बताए । कपिमा यसमा मेरो परिवारका कुनै दोष छैन भनेर लेखिएको भेटाएको प्रहरीले जनाएको छ । रुपन्देही जिल्ला अस्पताल भिम अस्पतालका सुचना अधिकारी गोपाल उपाध्यायले झुण्डीएर आत्म हत्या गरेको पोष्टमार्टमको रिर्पोटमा थप खुल्न सक्ने जानकारी दिए ।

बाग्लुङ जिल्ला बरेङ गाउँपालिका वडा नम्बर २ स्थानि घर भएका मृतक शर्माका दाजु बाग्लुङ छन् भने उनले गाउँबाट ऋण लिइ तिर्न नसकेका कारण रुपन्देहीको बुटवल देखि पश्चीम बाँसगढी स्थीत बेलबरियामा आई रेष्टुरेन्ट खोलेको खुलेको छ ।

गाउँका स्थानियका अनुसार धेरै जनासंग लाखौँ रकम गाउँका मान्छे निरन्तर माग्न आउँदा त्यहाँबाट भाग्न खोजेका उनि लुम्बिनीमा आई पुनः रेष्टुरेन्ट सञ्चालन गरेका थिए । झुण्डीएर किन आत्म हत्या गरे भन्ने सन्दर्भमा स्थानियहरुसंग अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij