काठमाडाैं । नेपाल हस्तकला महासंघबाट बागमती प्रदेशका नवनियुक्त माननीय मुख्य मन्त्री बहादुर सिंह लामा (तामाङ्ख) र विभागिय मन्त्रीहरुको सम्मानमा २०८१ श्रावण २० गते आइतबार महासंघको कार्यालयमा एक कार्यक्रमका वीच स्वागत तथा बधाई कार्यक्रम आयोजना गरियो ।
उक्त कार्यक्रममा माननीय मुख्यमन्त्री बहादुर सिंह लामा, सामाजिक विकास मन्त्री माननीय हरि प्रभा खड्गी (श्रेष्ठ) श्रम तथा रोजगार मन्त्री माननीय प्रेम भक्त महर्जन तथा उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री माननीय शुकमाया तामाङ्खको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा प्रदेश सरकारबाट हस्तकला क्षेत्रको दिगो विकास र प्रवर्द्धनका सम्बन्धमा गर्नुपर्ने कार्यहरुको बारेमा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा सार्क हस्तकला विकास केन्द्रको संचालन, प्रदेश हस्तकलाग्राम स्थापना र संचालन हस्तकला नीतिको कार्यान्वयन तथा प्रदेश कला विश्वविद्यालयको स्थापना र संचालनका विषयमा प्रदेश सरकारको सहयोग एवं सहकार्यका सम्वन्धमा अध्यक्षबाट सविस्तार चर्चा गर्नु भएको थियो ।
उक्त कार्यक्रममा माननीय मुख्य मन्त्री र सम्वन्धित विभागिय मन्त्रीहरुले नेपालको मौलिक संस्कृति, सम्पदा र पहिचानसंग जोडिएको हस्तकला उद्योग व्यवसायको विकासमा प्रदेश सरकार संवेदनशील रहेको र महासंघसंग समन्वय गरी हस्तकला विकास सम्वन्धी कार्यहरु अघि बढाउने प्रतिवद्धता जनाउनु भयो ।
उक्त कार्यक्रममा महासंघका उपाध्यक्ष किरण कुमार स्थापितले उपस्थित प्रमुख अतिथि विशिष्ट अतिथि तथा अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij