२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

बागमती प्रदेशकाे कर्णाली प्रदेशविरुद्ध नौ विकेटको जित

बागमती प्रदेशकाे कर्णाली प्रदेशविरुद्ध नौ विकेटको जित

घोराही (दाङ), ११ चैत – प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशविरुद्ध नौ विकेटको एकतर्फी जित हात पारेको छ।

लमहीमा आज सम्पन्न खेलमा कर्णालीले दिएको ५९ रनको लक्ष्य बागमतीले केवल सातौँ ओभरमै एक विकेट गुमाउँदै पूरा गर्यो। बागमतीको जितमा इशान पाण्डेले २२ रन, आशुतोष घिरैयाले १९ रन तथा शुभ कंसाकारले १६ रनको योगदान दिए। कर्णालीका लागि दीपेन्द्र रावतले एकमात्र विकेट लिए।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ५८ रन मात्रै बनाउन सक्यो। टिमका लागि सुनिल धमलाले सर्वाधिक १५ रन बनाए भने अन्य कुनै पनि खेलाडी दोहोरो अंकमा रन जोड्न असफल रहे।

बागमतीका बलरहरू प्रभावशाली देखिए, जहाँ रिजन ढकालले ५.१ ओभरमा १९ रन खर्चेर पाँच विकेट लिए भने सूर्य तामाङले सात ओभरमा १७ रन दिएर चार विकेट हात पारे।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा तथा प्रदेश क्रिकेट सङ्घ र दाङ क्रिकेट सङ्घको व्यवस्थापनमा जारी प्रतियोगितामा तीन विभागीय टोली – आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेशका टिम सहभागी छन्।

गत फागुन २५ गतेदेखि लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा सञ्चालन भइरहेको प्रतियोगिता राउण्ड रोबिन आधारमा खेलाइँदैछ। चैत १६ गतेसम्म जारी रहने प्रतियोगितामा रुपन्देहीको सिद्धार्थ रङ्गशालामा १७ खेल, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ खेल र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा १४ खेल खेलाइनेछ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij