२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

बागमतीमा गठबन्धनका चारै जना उम्मेदवार विजयी  

बागमतीमा गठबन्धनका चारै जना उम्मेदवार विजयी  

काठमाडौँ – राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशमा सत्ता गठबन्धन विजयी भएको छ। निर्वाचनमा गठबन्धनका चारै जना उम्मेदवार विजयी भएका हुन्।

महिलातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी, दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्मा, अन्यतर्फ कांग्रेसका जीतजंग बस्नेत र अल्पसंख्यकतर्फ माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी विजयी भए।

पुडासैनीले ६ हजार ६२२ मतभार ल्याउँदा एमालेकी उम्मेदवार रोचकुमारी चौलागाईंले २ हजार ५५२ मतभार ल्याइन्। यस्तै, विश्वकर्माले ६ हजार ५१२ मतभार प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार ध्रुवराज विश्वकर्माले ३ हजार ५२ मतभार ल्याए।

यसैगरी बस्नेतले ६ हजार ५३१ मतभार ल्याउँदा एमालेका त्रिलोचन निर्मल पौडेल २ हजार ३५९ मतभार ल्याए। यस्तै, अधिकारीले ६ हजार ४३६ मतभार ल्याउँदा उनका प्रतिस्पर्धी विवेक देवकोटाले ३ हजार ७३४ मतभार ल्याए।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij