बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष अर्जुन बुढाथोकीले मोदीलाइ नेपाल ल्याएर राष्ट्रघाती सम्झौता गरिए प्रतिरोध गरिने बताएका छ्न । अरुण थर्ड ;बुढीगण्डकी जस्ता राष्ट्रिय गौरव बेचिएको टुलुटुलु हेरेर बस्न सकिदैन । देश भन्दा ठुलो पार्टी होइन । देश बेचिन्छ भने विप्लव दाइको राष्ट्रबादी जुलुसमा सहभागी हुन तयार छौ
।अर्जुनले भने हामी देशको लागि लडन तयार छौं ।
अर्जुनले एमाले माओवादीको एकताको समेत घोर बिरोधी हुन् । यो एकता होइन विलय हो । युद्ध लडेका साथीहरु एमाले सामु लम्पसार पर्नु हुन्न ।उनको तर्क छ, यसले नेपालको कम्युनिस्ट आन्दोलनलाई सखाप पार्छ ।
उनी माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय सचिव समेत हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij