२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

बर्दियामा जिप दुर्घटना, २ को मृत्यु

बर्दियामा जिप दुर्घटना, २ को मृत्यु

गुलरिया । बर्दियामा एक निजी जिप दुर्घटना हुँदा ग्लोबल आईएमई बैंकका शाखा प्रमुखसहित दुई जनाको मृत्यु भएको छ ।

धनगढीबाट नेपालगञ्ज आइरहेकोको ग्लोबल आईएमई बैंकको बा १७ च १२१७ नम्बर जिप शुक्रबार बेलुका बारबर्दिया नगरपालिका–९ औरीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा ग्लोबल आईएमई बैंकको धनगढी शाखा प्रमुख ४२ वर्षीय रामबहादुर हमाल र सोही बैंकमै कार्यरत कञ्चनपुर घर भएका ३२ वर्षीय भुवन पन्तको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो ।

जिप दुर्घटना ६ जना घाइते भएका छन् । घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेहरु खतरामुक्त छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij