२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

बजेट मार्फत व्यवसायीका समस्या सम्बाेधन गर्न माग

बजेट मार्फत व्यवसायीका समस्या सम्बाेधन गर्न माग

 विश्वव्यापी महामारीकाे कारण नेपाली उद्याेग व्यवसाय समस्यामा रहेकाे भन्दै नेपाल उद्याेग वाणिज्य संघ काठमाडाैंले समस्या समाधानकाे लागि अाग्रह गरेकाे छ ।

निजी क्षेत्र समग्र अर्थतन्त्रमा करिब ७० प्रतिशत  योगदान पुर्याउँदै आएकाे क्षेत्र भएकाे र यसबाट लाखौँलाइ  रोजगारी सृजना भएकाे भन्दै राज्यले निजी क्षेत्रका समस्याहरूलाइ विशेष प्याकेज सहित समाधान गर्नुपर्नेमा संघले विज्ञप्ति मार्फत अाग्रह गरेकाे छ ।

व्यवसायीकाे मनाेबल उच्च बनाउन र अार्थिक क्षेत्रका पुनरूत्थान गर्न विशेष प्याकेज अावश्यक रहेको नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले प्रकाशन गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई व्यवसायीहरूका समस्या र अबकाे बजेटमा समेटिनुपर्ने कुरालाइ समेटेर सुझाव दिएकाे र ती सुझावहरू समावेश गर्न विज्ञप्तिमार्फत संघका अध्यक्ष दिनेश श्रेष्ठले  अाग्रह गरेका छन् ।

वर्तमान संकट  विशेष परिस्थितिजन्य रूपमा सृजना भएकाे र यसलाइ निजी क्षेत्र एक्लैले सामना गर्न नसक्ने कुरामा समेत राज्यलाइ ध्यानाकर्षण गराइएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij