२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

बंगलादेशको घटनाबाट भारतका नेतालाई सिक्न कंगनाको आग्रह

बंगलादेशको घटनाबाट भारतका नेतालाई सिक्न कंगनाको आग्रह

मुम्बई । बलिउड अभिनेत्री तथा मण्डीकी सांसद कंगना रनौतले नेताहरुले आफ्ना जनताको समस्या बेलैमा बुझेर समाधान नगर्दा बँगलादेशकी प्रधानमन्त्री शेख हसिनाको हालत हुने बताएकी छिन् । विधार्थी आन्दोलनका कारण सोमबार शेख हसिनाले बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएर भारत आईन र उनी अहिले भारतको शरणमा छिन् । भारतीय नेताहरुको पनि यस्तो अबस्था नआओस भन्नेकुरा यो आन्दोलनबाट त्यहाँका नेताले सिक्नु पर्ने यी अभिनेत्री एवम् साँसदले बताएकी छिन् ।

तथापि विधार्थीहरुको केही गतिविधि’उनले टिप्पणी गरेकी छिन् । ढाकामा रहेको बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाका पिता शेख मुजिबुर रहमानको शालिकको टाउकोमा ‘पिसाब’ गरेको भडियो प्रति उनले प्रतिक्रिया दिएकी हुन् । यस्तै प्रदर्शनको क्रममा चिडियाखानामा जनावरहरूलाई कुट्नुलाई उनले निर्दयीकार्यको पराकाष्टा भनेकी छिन् । एक व्यक्तिले बंगलादेशको संस्थापक वा पिता मानिने रहमानको मूर्तिमा पिसाब गरेको एक घृणित भिडियो साझा गर्दै मंगलबार, कंगनाले आफ्नो आधिकारिक इन्स्टाग्राममा त्यसको टिप्पणी गरेकी हुन् ।

भिडियोमा कडा प्रतिक्रिया दिँदै कंगनाले लेखेकी छिन्,‘बंगलादेशीहरू शेख मुजिबुर रहमानको प्रतिमामा पिसाब गरेका छन् । उनी त्यही व्यक्ति हुन, जसले बंगलादेशलाई स्वतन्त्र गराएका थिए । स्वतन्त्रताको लगत्तै उनको हत्या भयो।’ उनले लेखेकी छिन्,‘मलाई अचम्म लाग्छ कि उनीहरूले आन्दोलनमा किन यस्तो पनि गरे । केहीले चिडियाखानामा जनावरहरू कुटिरहेका थिए भने प्रधानमन्त्रीले राजीनामा दिएपछि पनि विरोध किन रोकिएको छैन ?’

उनले भारतमा जनावरलाई मायागर्ने प्रथा रहेको बताउँदै बांग्लादेशी तथाकथित प्रदर्शनकारीहरूले चिडियाखानामा जनावरहरूलाई पिटिरहेनु परकाष्टा भएको बताएकी छिन्,‘सरकार विरुद्ध अनावश्यक घृणा फैलाउन सक्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij