२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

‘फेश अफ क्लासिक डायण्ड’को खोजी

‘फेश अफ क्लासिक डायण्ड’को खोजी

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘फेश अफ क्लासिक डायण्ड’ उपाधि जितेपछि मोडलिङमा आफुलाई अघि बढाईन् । त्यसपछि भुवन केसीले उनलाई चलचित्र ड्रिमसमा नायिको रुपमा अनुबन्धित गरे ।

‘फेश अफ क्लासिक डायण्ड’ फेशन शोमा उत्रिएकी सृष्टी श्रेष्ठ त्यसपछि मिस नेपालसम्म भईन् । उनी चलचित्रमा नायिका पनि बनिन् । न्युयोर्क फेशन वीकमा सहभागी नेपाली मोडल अञ्जली लामाले पनि यही कार्यक्रमबाट मोडलिङ यात्रा सुरु गरेकी हुन् । ‘फेश अफ क्लासिक डायण्ड’बाट यात्रा सुरु गरेका धेरै मोडलहरु चलचित्र अभिनेत्री तथा अन्तराष्ट्रिय मोडल बनिसकेका छन् ।

यसै क्रममा क्लासिक डायमान्डले बिगतझै यसपटक पनि ‘फेश अफ क्लासिक डायण्ड’ को आयोजना गर्ने भएको छ । बिहिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै सो जानकारी गराएको हो ।

पत्रकार भेटघाटका क्रममा क्लासिक डायमण्डका अध्यक्ष बाबुराजा महर्जनले उदयमान नेपाली मोडलहरुलाई प्रोत्साहन गर्न बिगत एक दशकदेखि आफुहरुले यो प्रतियोगिता आयोजना गर्दै आएको बताए ।

‘यो प्रतियोगितामा उत्कृष्ट मोडलले फेश अफ क्लासिक डायण्डको उपाधि सहित १ लाख ५० हजार रुपैयाँ र एक वर्षसम्म क्लासिक डायमण्डको ब्रान्ड एम्बेस्डरको जिम्मेवारी पाउने छिन् । यस्तै उनले बलिउडमा पनि आफ्नो प्रस्तुति दिन पाउने छिन् ।’ महर्जनले कार्यक्रम घोषणा गर्दै भने ।

बिगतमा यो प्रतियोगिताकी बिजेताहरु अहिले चलचित्र अभिनेत्रीको रुपमा र राष्ट्रिय तथा अन्तराष्ट्रिय मोडलिङमा छाएको पनि अध्यक्ष महर्जनले जानकारी गराए,‘क्लासिक डायमण्ड गहनासँग सम्बन्धित भएकाले हामीले यो कार्यक्रमबाट नेपालको फेशन र मोडलिङ क्षेत्रलाई पनि प्रवर्धन गर्दै आएका छौं ।’ उनले भने ।

यो प्रतियोगिताको लागि नेपालमा काठमाडौं र पोखरामा अडिसन गरिने क्लासिक डायमण्डका प्रवन्ध निर्देशक अमिर महर्जनले जानकारी गराए,‘नेपालका अडिसन पछि हामी अडिसनमा चयन भएका मोडलहरुलाई करिब एक महिना विभिन्न प्रशिक्षण दिनेछौं । त्यसपछि प्रतियोगीबाट बिजेताहरु सहित उत्कृष्ट १० प्रतियोगीलाई क्लासिक डायमण्ड फेशन तथा ज्वेलरी शोमा उतार्ने छौं ।’

अमेरिकामा समेत तीन वटा आउटलेट चलाउँदै आएको क्लासिक डायमण्डले अमेरिकामा रहेका नेपाली मोडलहरुबीच पनि आडिसन लिनेछन् । सो अडिसनबाट चयन भएका मध्य दुई मोडललाई नेपाल पठाएर ‘फेश अफ क्लासिक डायण्ड’को प्रतिस्र्धामा उतार्ने क्लासिक डायमण्डका अमेरिका सँयोजक समिर महर्जनले अमेरिकाबाट जानकारी गराए,‘अरुले नेपालबाट मोडलहरुलाई अमेरिका पठाउँछन् । तर हामीले यो प्रतियोगिताको लागि दुई जना नेपाली मुलकी मोडललाई अमेरिकाबाट नेपाल पठाउँछौं।’

फेश अफ क्लासिक डायण्डको बिजेताले एक लाख ५० हजार रुपैयाँ, फस्ट रनर अपले १ लाख रुपैयाँ र सेकेन्ड रनर अपले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । उनीहरुले क्लासिक डायमण्डको विभिन्न परियोजनामा जोडिएर काम गर्ने अबसर पनि पाउने प्रबन्ध निर्देशक अमिरले बताए । क्लासिक डायमण्डको ग्रान्ड फेशन तथा ज्वेलरी शो आगामी ४ र ५ माघमा काठमाडौंमा हुनेछ । सोही कार्यक्रममा ‘फेश अफ क्लासिक डायण्ड’का बिजेताहरुलाई पुरस्कृति गरिने आयोजक पक्षले जनाएको छ । आयोजकका अनुसार यो प्रतियोगितालाई बलिउडका कोरियोग्राफर रेहान शाहले कोरियोग्राफी गर्नेछन् ।

बिहिबार आयोजित पत्रकार सम्मेलनमा पूर्व पूर्व मिस नेपाल अस्मी श्रेष्ठले पनि ‘फेश अफ क्लासिक डायण्ड’ प्रतियोगितामा जोडिन पाउँदा खुसी व्यक्त गरिन् । करिब ६ महिनाको तयारीबाट यसले नयाँ मोडलहरुलाई निखारेर मोडलिङ क्षेत्रमा ल्याउने गरेको उनले बताईन् ।

अर्की पूर्व मिस नेपाल माल्भिका सुब्बाले पनि यो प्रतियोगिताले नेपालमा धेरै राम्रा मोडलहरुलाई यस क्षेत्रमा ल्याएको छ भनिन् । यो प्रतियोगिताका धेरै बिजेता तथा सहभागीहरुले मिस नेपाललगायत विभिन्न प्रतियोगितामा भाग लिएर उपाधिसमेत जितेको उनले जानकारी गराईन् ।

अन्तराष्ट्रिय मोडल सविता कार्कीले पनि ‘फेश अफ क्लासिक डायण्ड’सँगको अुनभव पत्रकारहरुलाई सुनाईन् । यसपटक यसको ग्रान्ड फिनालेमा बलिउडबाट बिगत झै अभिनेत्रीहरु पनि सहभागी हुने उनले बताईन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij