२०८३ असोज २९ बिहिबार

Oct 15 2026 Thursday

  • २०८३ असोज २९ बिहिबार

२०८३ असोज २९ बिहिबार

फाेटाे पत्रकारहरूकाे ‘क्लिक सल्यान’ कार्यक्रम

फाेटाे पत्रकारहरूकाे ‘क्लिक सल्यान’ कार्यक्रम

  • आइतबार, साउन १७ २०८३

 

राष्ट्रिय फोटो पत्रकार समूह सल्यानले जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘क्लिक सल्यान’ फोटो वाक कार्यक्रमको सुरुवात गरेको छ।

कालिमाटी गाउँपालिका–३ को धागे छरा झरनामा पहिलोपटक सञ्चालन गरिएको यस कार्यक्रमलाई आगामी दिनमा जिल्लाका अन्य पर्यटकीय स्थलमा समेत निरन्तरता दिइनेछ।  राष्ट्रिय फोटो पत्रकार समूह सल्यानका अध्यक्ष अमृत बाबु बुढाथोकीले भने, ‘तस्वीरमार्फत सल्यानका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने उद्देश्यले यो कार्यक्रम सुरु गरेका हौं।’

सल्यान। जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ राष्ट्रिय फोटो पत्रकार समूह सल्यानले ‘क्लिक सल्यान’ फोटो वाक कार्यक्रमको सुरुवात गरेको छ। जिल्लाको कालिमाटी गाउँपालिका–३, जगेनामा रहेको धागे छरा झरनामा पहिलोपटक उक्त कार्यक्रम आयोजना गरिएको हो।

राष्ट्रिय फोटो पत्रकार समूह सल्यानका अध्यक्ष अमृत बाबु बुढाथोकीका अनुसार तस्वीरमार्फत जिल्लाको पर्यटन प्रवर्द्धनका लागि फोटो वाक कार्यक्रमको सुरुवात गरिएको बताउँदै कार्यक्रमलाई निरन्तरता दिँदै आगामी दिनमा जिल्लाका अन्य पर्यटकीय स्थलमा समेत पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij