काठमाडौं । विश्वभरि फैलिएको महामारी नोबेल कोरोना भाइरस कोभिड १९ विरुद्ध नेपाल लगायत विश्व नै लडिरहेको छ । यस रोग नियन्त्रण तथा रोकथामका लागि नेपालले पनि २०७६ चैत १० गतेदेखि देशव्यापी रुपमा लकडाउन घोषणा गरेको छ । यस्तो विषम परिस्थितिमा पनि सुसूचित गर्ने आफ्नो जिम्मेवारीबाट फोटो पत्रकारहरु अलग रहन सक्दैनन । समाचार, बिचार जानकारीलाई सबैभन्दा प्रमाणित रुपले प्रस्तुत गर्ने फोटोका लागि घटनास्थलको अग्रपंक्तिमा फोटोपत्रकारहरु प्रत्यक्ष रुपमा पुग्नु अनिवार्यता रहन्छ ।

यस्तो अवस्थामा आफू पनि सुरक्षित रहीँ आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने दोहोरो दायित्व फोटो पत्रकारहरुका बिचमा रहेको हुन्छ । यिनै परिस्थितिको बिच नेपाल फोटो पत्रकार महासंघ केन्द्रीय समितिको पहलमा विभिन्न संघसंस्थाहरुबाट महासंघलाई प्रेस ज्याकेट मास्क र हाते सेनिटाइजर सहयोग स्वरुप प्राप्त भएका छन् । प्राप्त भएका यी सामाग्रीहरुले समाचार-फोटो संकलनमा सहजता र सहयोग पुगेको कुरा नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय सहसचिव नरेश श्रेष्ठले बताए ।
महासंघलाइ प्राप्त भएका उक्त सामग्रीहरु सातै प्रदेश र जिल्लाहरुमा पठाउने काम जारी छ, त्यसैगरी विविध खालको सहयोग प्राप्त हुने क्रम पनि जारी नै रहेको कुरा समेत श्रेष्ठ बताउँछन् ।
महासंघलाइ हालसम्म कृषि विकास बैंकले ६०० थान, नेपाल इन्भेष्टमेन्ट बैंकले २९० थान, ग्लोबल आईएमई बैंकले २५० थान, जीपी कोइराला फाउण्डेसनले २०० थान, आरपी रविन्द्र पुरी फाउण्डेसनले १०० थान, माछापुच्छ्रे बैंकले १०० थान, प्रभु बैंकले १०० थान र त्यसैगरी आईसीएफसी फाइनान्स, मेडिसिटी अस्पताल, लोमस फर्मास्युटिकल्सबाट पनि केही थान प्रेस ज्याकेटहरु सहयोग स्वरुप प्राप्त भएको छ ।
यसैगरी आनी छोइङ डोल्मा प्रतिष्ठान र प्रारम्भ संस्थाबाट हेण्ड सेनिटाइजर १६० वटा, KN95 मास्क १६० थान, नेपाल चेम्वर अफ कमर्सबाट मेडिकल माक्स १०० थान, देउराली जनता फर्माष्युटिकल्सबाट मेडिकल माक्स र सेनिटाइजर ५०÷५० थान र प्रेस रजिष्ट्रारको कार्यालय बाग्मतीबाट पनि मेडिकल मास्क सेनिटाइजर ५०-५० थान सहयोग प्राप्त भएको कुरा ने.फो.पत्रकार महासंघका सहसचिव नरेश श्रेष्ठले बताए । 
(फोटो; नरेश श्रेष्ठ)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij