२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

फागुनमा पार्टी एकता भइसक्छ : नारायणकाजी श्रेष्ठ

फागुनमा पार्टी एकता भइसक्छ : नारायणकाजी श्रेष्ठ

गोरखा । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले वामपन्थीहरूको नयाँ सरकार माघमा बनाइने र फागुनमा पार्टी एकता गर्ने गरी गृहकार्य भइरहेको बताएका छन् ।

आज गोरखामा सञ्चारकर्मीसँग नेता श्रेष्ठले भने, “सकेसम्म माघमा सरकार गठन गर्छौँ । एमाले र माओवादी केन्द्रबीच फागुनमा पार्टी एकता भइसक्छ ।”

सकेसम्म सरकार गठन हुनुपूर्व नै पार्टी एकता गरिसक्ने गरी गृहकार्य गरिएको श्रेष्ठको भनाइ छ । वैचारिक, राजनीतिक लाइन के हुने, संगठनात्मक नीति कस्तो बनाउने भन्नेबारे अहिले छलफल भइरहेको श्रेष्ठले बताए । पार्टी एकताबारे शंका नगर्न आग्रह गर्दै श्रेष्ठले भने, “ढुक्क हुनुहोस् पार्टी एकता हुन्छ, कसैले रोक्न सक्दैन ।”

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij