२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

प्राविधिक त्रुटि सच्याएर आज नयाँ नक्सा सार्वजनिक गर्ने तयारीमा मन्त्रालय

प्राविधिक त्रुटि सच्याएर आज नयाँ नक्सा सार्वजनिक गर्ने तयारीमा मन्त्रालय

जेठ ५ गते बसेको मन्त्रीपरिषदकाे निर्णयले लिपुलेक, लिम्पियाधुरा र कालीपानीसहितको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेसँगै मन्त्रालयले आज नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्राप्त जानकारी अनुसार नक्सामा भएका केही प्राविधिक कुराहरू सच्याएर अाज पुन नक्सा सार्वजनिक गरिनेछ । यसकाे लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तयारीमा जुटेकाे छ ।

अहिले ती कुराहरू मिलाउने काम भइरहेको छ । सबै काम सकिए आजै नक्सा सार्वजनिक हुनेछ ।

नक्सा सार्वजनिक गर्ने तयारीमा मन्त्रीका निजी सचिवालय लागेको मन्त्रालयका एक पदाधिकारीले बताए ।

मन्त्रीपरिषद्ले निर्णय गरेसँगै समाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यममा आएका नक्सा त्रुटिपूर्ण रहेको मन्त्री पद्मा अर्यालले बताएकी छिन् । उनले समाजिक सञ्जालमार्फत प्राप्त त्रुटीपूर्ण नक्सा प्रयोग नगर्न समेत आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij