२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

प्रारम्भ स्कुलको आयाेजनामा दाेस्राे प्रारम्भ कप फुटसल प्रतियोगिता आयाेजना हुँदै

प्रारम्भ स्कुलको आयाेजनामा दाेस्राे प्रारम्भ कप फुटसल प्रतियोगिता आयाेजना हुँदै

काठमाडौं । प्रारम्भ वर्ल्ड स्कुलले दाेस्राे अन्तर विद्यालय स्तरीय फुट्सल प्रतियोगिता आयाेजना गर्न लागेको छ ।

यही असार ७ र ८ गते चल्ने फुटसल प्रतियोगिता विद्यालयकाे आफ्नै हलमा आयाेजना गरिनेछ ।

प्रतियोगिता बारे जानकारी दिन बुधबार आयाेजना गरिएको पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल कमल प्रसाद ज्ञवालीले प्रतियोगितामा १७ टिम संलग्न हुन लागेको बताउनुभयो ।

साेही कार्यक्रममा बाेल्दै एन्जल हार्ट स्कुलका प्रिन्सिपल धन बहादुर पुनले खेलकुद राष्ट्रिय पहिचान भएको साथै खेलकुदलाई महत्त्व दिने देश अघि बढ्ने बताउनुभयो ।

उहाँले प्रारम्भ वर्ल्ड स्कुलले चरणबद्ध रूपमा खेलकुद विकासका लागि गरेको प्रयत्न सराहनायाेग्य रहेको भन्दै आयाेजक विद्यालयकाे प्रशंसा समेत गर्नुभयो ।

प्रति टिम दर्ता शुल्क ४ हजार ताेकिएकाे छ ।

विजेता मध्ये प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेहरूलाई क्रमशः २५०००, १५००० र १०००० नगदका ट्रफी, मेडल र प्रमाणपत्र उपलब्ध गराईनेछ ।

पत्रकार सम्मेलनमा विभिन्न विद्यालयका प्रिन्सिपल, प्रतिनिधि, काेच तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

खेलकुदले व्यक्तिको व्यक्तित्व विकास, शारीरिक एवं मानसिक स्वास्थ्यमा राम्रो भूमिका निर्वाह गर्ने, अनुशासनमा रहन सहयोग पुर्‍याउने साथै राष्ट्रको पहिचान समेत भएको बताईएकाे छ ।

 

 

यसपटकको फुटसल प्रतियोगितामा एसईई दिएका तथा कक्षा ८, ९ र १० मा अध्ययन गरिरहेका विद्यार्थीहरू सहभागी हुँदै छन् ।

तयारी पनि अन्तिम चरणमा पुगेको छ ।

खेललाई निष्पक्ष र विवाद रहित बनाउने प्रयत्न गरिने फुटबल काेच गाैरव बस्नेतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij