काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा सञ्चालनमा रहँदै आएको प्रारम्भ वर्ल्ड स्कुलले उत्कृष्टतालाई यसपटक पुनः निरन्तरता दिएको छ ।
२०८० ब्याचमा एसईई परिक्षामा सहभागि विद्यार्थीहरु मध्येबाट ४ जिपिए सहित सबै विद्यार्थीहरुले उत्कृष्ट नतिजा प्राप्त गर्ने आधार तयार गरेर विद्यालयले उत्कृष्ट शैक्षिक गञ्तव्य थलोको रुपमा आफूलाई प्रमाणित गरेको हो ।
यसपटकको एसईई परिक्षामा प्ररम्भ वर्ल्ड स्कुलबाट ६१ विद्यार्थीहरु सहभागि भएका थिए । जसमध्ये ४१ विद्यार्थीले ३.६१ देखि ४ जिपिए भित्र नतिजा हासिल गरेका छन् ।
यसपटकको एसईईमा विद्यालयबाट ३.२१ देखि ३.६० जिपिए रेन्जमा नतिजा ल्याउने विद्यार्थीहरु १८ जना छन् । यसैगरी २.८१ देखि ३.२० ल्याउने विद्यार्थी २ जना मात्रै छन् । समग्रमा यस विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरुले प्राप्त गरेको औसत जिपिए ३.६४ रहेको छ ।
विद्यालयकी छात्रा स्वीकृति उपाध्यायले ४ जिपिए प्राप्त गर्न सफल भएकी छिन् ।

शैैक्षिक कार्यक्रमको अलावा अतिरिक्त क्रियाकलापमा समेत यस विद्यालयले निरन्तर उत्कृष्टता प्रदर्शन गर्दै आइरहेको छ । गञ्तव्य थलोको रुपमा पहिचान बनाइरहेको प्रारम्भ स्कूललाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै लैजाने आफूहरुको योजना रहेको विद्यालयका प्रिन्सिपल कमल प्रसाद ज्ञवाली बताउनुहुन्छ ।
पछिल्ला बर्षहरुमा यस विद्यालयले विभिन्न रचनात्मक क्रियाकलापहरु समेत सञ्चालन गर्दै आएको छ । साथै सोही बमोजिम विभिन्न अवार्डहरु समेत प्राप्त गर्दै आएको छ ।
विद्यार्थीको सर्वाङ्गीण विकासलाई लक्षित गरेर आफूहरुले विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको विद्यालयका प्रमुख कार्यकारी अधिकृत दीपक खड्का बताउनुहुन्छ ।
विद्यालयले विद्यार्थीहरुको लागि विभिन्न मेला प्रदर्शनीहरु, नृत्य, सङ्गीत, विभिन्न खेलकुद लगायतका गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।
यसैगरी विद्यार्थीहरुलाई सानै देखि स्वाबलम्बी बनाउने उद्देश्यले उद्यमशिलता विकासका लागि पनि विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।
विद्यालय व्यवस्थापन पक्षले नियमित रुपमा अभिभावकहरुलाई विद्यालयमा उपस्थित गराएर आफ्ना बालबालिकाहरुको प्रगतिको बारेमा विद्यार्थीका अभिभावकहरुलाई जानकारी गराउने र आवश्यक सल्लाह सुझाव उपलब्ध गराउने काम गर्दै आएको छ ।
बालबालिकालाई सही बाटोमा हिँडाउँने कार्यमा विद्यालयको मात्र जिम्मेवारी नभई अभिभावकको भूमिका समेत निकै महत्वपूर्ण रहने हुनाले आफ्ना बालबालिकाहरु के–कस्तलनुपर्ने कुरामा समेत प्रिन्सिपल कमल प्रसाद ज्ञवाली विशेष आग्रह गर्नुहुन्छ ।
विद्यालयले जंक फुडलाई पनि निरुत्साहित गर्दै आएको छ । शारीरिक, बौद्धिक, भावनात्मक र संवेगात्मक लगायतका सबै पक्षहरुमा विकास नभई व्यक्ति पूर्ण हुन नसक्ने कुरामा पूर्ण सचेत रही आफूहरुले शैक्षिक गथिविधिहरु सञ्चालन गर्दै आएको विद्यालय व्यवस्थापन पक्षको भनाई छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij