२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

प्रारम्भ वर्ल्ड स्कुलमा कुलिनरी आर्ट कम्पिटिसन सम्पन्न

प्रारम्भ वर्ल्ड स्कुलमा कुलिनरी आर्ट कम्पिटिसन सम्पन्न

काठमाडौं । प्रारम्भ वर्ल्ड स्कुलको आयोजनामा मंसिर २४ गते विद्यालय परिसरमा कुलिनरी आर्टस् कम्पिटिसन सम्पन्न गरिएको छ ।

उक्त प्रतिष्पर्धामा प्रारम्भ वर्ल्ड स्कुलमा अध्ययनरत विद्यार्थीहरुको अलावा अन्य केही विद्यालयका विद्यार्थीहरु समेत सहभागि रहेका थिए ।

विभिन्न ६ समूहमा बाँडिएका विद्यार्थीहरुले आफ्नो रुचि अनुसारका विभिन्न खाद्य वस्तुहरु उत्पादन गरेर प्रदर्शनी एवं बिक्रीमा राखेका थिए । खानाको स्वाद र गुणस्तर लगायतका आधारमा भोटिङ गर्न सक्ने व्यवस्था समेत मिलाएको थियो भने सोही बमोजिम उत्कृष्ट समूहका विद्यार्थीहरुलाई पुरष्कारको व्यवस्था समेत उक्त समारोहमा गरिएको थियो ।

उक्त प्रतिष्पर्धामा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरु सहभागि भएका हुन् ।

आफूहरुले विद्यार्थीको चौतर्फी विकासलाई मध्यनजर गरेर प्रयोगमा आधारित यस किसिमको प्रतियोगिता आयोजना गरेको विद्यालयका प्रमुख कार्यकारी अधिकृत दीपक खड्काले बताउनुभयो ।

ऊहाँले विद्यार्थीहरु आफैंले खाद्य वस्तु उत्पादन, श्रोत व्यवस्थापन देखि बजारीकरण सम्मका काममा संलग्न हुन पाउँदा विद्यार्थीहरु निकै उत्सुकतापूर्वक संलग्न भएको समेत बताउनुभयो । जुन काममा विद्यालय व्यवस्थापन पक्षले सहजीकरण मात्र गरेको थियो ।

विद्यार्थीहरुलाई नियमित अध्ययनको अलावा अतिरिक्त व्यावहारिक सीपहरुमा समेत दक्ष बनाउँदै लैजान र विद्यार्थीहरुको क्षमताको मूल्याङ्कन गर्नको लागि यस किसिमको प्रतियोगिताले निकै महत्वपूर्ण सहयोग पुर्याउने विद्यालयका प्रिन्सिपल कमल प्रसाद ज्ञवालीले बताउनुभयो ।

 

तारकेश्वर नगरपालिकाको शान्तिटोलमा सञ्चालनमा रहेको उक्त विद्यालयले समय–समयमा विद्यार्थीहरुले रचनात्मक क्षमता विकासका आगि आन्तरिक एवं बाह्य रुपमा विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij