२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

प्रहरी चौकी खार्पाले १२ वर्षपछि पायो आफ्नै भवन

प्रहरी चौकी खार्पाले १२ वर्षपछि पायो आफ्नै भवन

खोटाङ, ११ चैत : खोटाङ जिल्लाको रावाबेँसी गाउँपालिका–२ खार्पामा रहेको प्रहरी चौकीले स्थापना भएको १२ वर्षपछि आफ्नै भवन प्राप्त गरेको छ। झण्डै तीन करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको यो भवनले प्रहरी सेवाको प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ।

विसं २०६९ मा स्थापना भएयता, खार्पा प्रहरी चौकी साविकको खार्पा गाउँ विकास समितिको पुरानो भवनबाट सेवा दिँदै आएको थियो। सीमित स्थान र असुविधाजनक कच्ची संरचनाबाट सेवा प्रवाह गरिरहेको चौकीले अब आधुनिक सुविधासहितको भवन प्राप्त गरेको छ।

नयाँ भवन साढे दुई तले रहेको छ, जसमा ११ कोठाहरू समावेश छन्। भवनभित्र कार्यालय प्रमुख कक्ष, सञ्चार कक्ष, महिला तथा पुरुष हिरासत कक्ष, महिला र पुरुष ब्यारेक, प्रमुख आवास तथा मनोरञ्जन हलको व्यवस्था गरिएको छ।

कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले आइतबार सो भवनको उद्घाटन गर्नुभएको छ। उहाँका अनुसार सुविधा सम्पन्न भवनले प्रहरीको मनोबल बढाउनेछ र सेवाग्राहीलाई थप सहज सेवा प्रदान गर्न सहयोग गर्नेछ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij