२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

प्रभु बैंक लिमिटेड र युएसएड ट्रेड एण्ड कम्पिटेटिभनेसबिच सम्झौता 

प्रभु बैंक लिमिटेड र युएसएड ट्रेड एण्ड कम्पिटेटिभनेसबिच सम्झौता 

 

काठमाकाैं । प्रभु बैंक लिमिटेड र युएसएड ट्रेड एण्ड कम्पिटेटिभनेसबिच सम्झौता स्वदेशमै रोजगारीको सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरुको विकासमा सहयोग पुग्ने गरी बागमती प्रदेशमा सञ्चालन गरिने “Empowering Agro & Tourism Industry for Sustainable Growth for Future Nepal” नामक परियोजनाका लागि सम्झौता भएको छ ।

सम्झौता पत्रमा युएसएड ट्रेड एण्ड कम्पिटेटिभनेसका तर्फबाट मार्कस् मुलरले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहँुच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरुका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरुलाई प्रोत्साहन गर्न विशेष गरी कृषि र पर्यटन क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij