काठमाण्डौ, ३ बैशाखः प्रभु बैंकका ग्राहक र कर्मचारीले गोरखा गार्डन होटलमा १५ प्रतिशत छुट पाउने भएका छन्। प्रभु बैंक र गोरखा गार्डन होटलबीच कर्मचारी र ग्राहक लक्षित गरी विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।
मंगलबार एक समारोहकाबीच गोरखा गार्डन होटलका अध्यक्ष सुरेन्द्र कुवर र प्रभु बैंकका प्रमुख प्रदेश अधिकृत राजु रानाले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार प्रभु बैंकका ग्राहक र कर्मचारीले बैंकको डेबिड/ क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा सो होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जनलगायतका सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने छन्।
गोरखाको मुटुमा अवस्थित, गोरखा गार्डेन होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ। प्रभु बैंक तथा गोरखा गार्डन होटलबीच भएको योे साझेदारीले गोरखाको पर्यटनको प्रर्वद्धन गर्नुका साथै बैंकका ग्राहक पनि लाभान्वित हुने बताइएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij