काठमाडौं । प्रभु डिजिटलले इन्टरनेट सेवा सुरु गरेको छ ।
प्रभु ग्रुप अन्तर्गतको प्रभु डिजिटल लिमिटेडले इन्टरनेट सेवा पनि प्रदान गर्न शुरु गरेको हो ।
इन्टरनेट सेवा प्रदान गर्न प्रभु डिजिटलले केही समय अगाडी बाराही इन्टरनेटलाई खरिद गरेको थियो ।
बाराही इन्टरनेटलाई खरिद गरेपछि प्रभु इन्टरनेटको रुपमा कम्पनीले सेवा सुरु गरेको छ ।
हाल प्रभु डिजिटलले टेलिभिजन सेवा समेत उपलब्ध गराउँदै आएको छ ।
प्रभु इन्टरनेटको रिचार्ज प्रभु पे, ईसेवा, आईएमई पे र खल्तीबाट समेत गर्न सकिनेछ ।
हाल प्रभु इन्टरनेटले ३० एमबीपीएस, ५० एमबीपीएस र ६० एमबीपीएसको इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ ।
३० एमबीपीएस इन्टरनेट र आईपी टिभीको वार्षिक मूल्य १७ हजार रहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij