२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

प्रभावकारी सेवामा निरन्तर सक्रिय इवामुरा अस्पताल

प्रभावकारी सेवामा निरन्तर सक्रिय इवामुरा अस्पताल

इवामुरा अस्पताल भक्तपुरको सल्लाघारीमा सुलभ दरमा विरामीहरुको उपचार गर्ने उद्धेश्य बमोजिम स्थापना भएको अस्पताल हो । यस अस्पतालले २०१७ जनवरी देखि लायन्स आइ केयर एण्ड डाइबिटिज केयर सेन्टर सञ्चालन गर्दैै आएको छ । जहाँबाट ५० रुपियाँको टिकट काटेर आँखा जाँच गर्न सकिन्छ । यो सेवा विहान १० देखि दिउँसो १ बजे सम्म सञ्चालन हुँदै आएको छ । कमजोर आर्थिक अवस्थाका विरामीलाई निःशुल्क औषधी समेत अस्पतालले उपलब्ध गराइँदै आइएको छ ।

लायन्स क्लब अफ भक्तपुर समन्वयन समितिसँगको सहकार्यमा सञ्चालनमा ल्याइएको यस सेवाबाट हाल सम्म ३ हजार भन्दा बढीले चेकजाँच गरी लाभ लिएको अस्पतालका प्रबन्धक रंजित मारिखुले बताउनुभयो । हाल दैनिक कम्तीमा ५ जना व्यक्तिले यो सेवा लिइरहेका छन् ।

पछिल्लो समय अस्पतालले स्वास्थ्यको पहुँचमा नपु्गेका जनशक्तिलाई स्वास्थ्यको पहुँचमा ल्याउने मान्यता बमोजिम नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आएको छ । ५१ वेड क्षमताको इवामुरा अस्पतालले हाल स्वास्थ्य सेवामा विरामीको पहुँच विस्तारको निम्ति विशेष सहुलियतमा उपचार सेवा उपलब्ध गराउँदै आएको छ । यस अस्पतालले यसै चैत्र १ देखि लायन्स क्लब र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा निःशुल्क क्लिनिक समेत सञ्चालन गरेको छ । उक्त क्लिनिक भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिबाट उद्घाटन गरिएको हो । उक्त क्लिनिकबाट हाल दैनिक विहान ८ देखि १० बजे सम्म १० जना विरामीहरुले उपचार तथा परामर्श सेवा लिइरहेका छन्

।
ल्याप्रोस्कोपी सेवा समेत शुरु गरेको यो अस्पताल आगामी दिनमा अर्थोस्कोपी सेवा शुरु गर्ने योजनामा छ । दम, मुटु, नाक कान घाँटी लगायतका उपचारहरु अस्पतालमा लामो समय देखि सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij