२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

प्रधानमन्त्री र गृहमन्त्री दुवैका श्रीमती समानुपातिकबाट सांसदकाे सूचीमा

प्रधानमन्त्री र गृहमन्त्री दुवैका श्रीमती समानुपातिकबाट सांसदकाे सूचीमा

काठमाडौँ, २४ मंसिर । प्रतिनिधिसभामा नेपाली कांग्रेसले ३२ सिट समानुपातिक तर्फबाट पाएको छ । केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समिति र बालुवाटारमा बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फको ३२ जनाको नाम टुंगो लगाएको हो।

समानुपातिकमा पाएको ३२ मध्येमा २९ जना महिला र ३ जना पुरुषको नाम सिफारिस गर्नुपर्ने बाध्यतामा कांग्रेस रहेको छ ।

यसपटकको समानुपातिकमा पनि पहुँचवालाहरुकै बर्चस्व रहेको छ । कांग्रेसले टुङगाएको ३२ जना महिलामा प्रधानमन्त्री शेरबहादुर देउवाका श्रीमती आरजु देउवा राणा र गृहमन्त्री बालकृष्ण खाँणका श्रीमती मञ्जु खाँणको नाम पनि परेको छ ।

कांग्रेसले खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावललाई पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij