प्रधानमन्त्री दाहालले कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटवार्ताका लागि बोलाएका छन।
नयाँ बानेश्वरमा संसदीय दलको बैठक चलिरहेको बेला प्रचण्डले कांग्रेसका सभापति देउवालाई बोलाएपछि त्यसलगत्तै बैठक चलिरहेकै बेला थापा र सिटौला बालुवाटार पठाएका हुन् ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र राष्ट्रिय सभा सदस्यसमेत रहेका नेता कृष्णप्रसाद सिटौला प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुबाटार पुगेका छन् ।
प्रतिनिधि सभा बैठक सञ्चालन लगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले कांग्रेस नेतासँग छलफल गर्न लागेका हुन् ।
मङगलबार प्रतिनिधि सभा बैठक बस्दै छ।। तर, कांग्रेसले भने गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभए बैठक चल्न नदिने बताउँदै आएका छन।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij