२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

प्रधानमन्त्री कप क्रिकेट: आर्मीलाई पुलिसको १४९ रनको चुनौती

प्रधानमन्त्री कप क्रिकेट: आर्मीलाई पुलिसको १४९ रनको चुनौती

भैरहवा (रूपन्देही), १४ चैतः प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई जितका लागि १४९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

रूपन्देहीस्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस गुमाएर पहिले ब्याटिङ गरेको पुलिस टोली ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १४८ रनमा सीमित रह्यो। कप्तान दिपेन्द्रसिंह ऐरीले ३७ बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ५० रन बनाए। त्यस्तै, आरिफ शेषले २२ तथा गुलशन झाले १७ रनको योगदान दिए।

बलिङतर्फ आर्मीका साहब आलमले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए भने नरेन साउदले तीन विकेट हात पारे। कुशल मल्ल र भीम सार्कीले समान एक÷एक विकेट लिए।

यसअघि आठ खेल खेलिसकेको पुलिस टोली अहिलेसम्म अपराजित रहँदै लिगको शीर्ष स्थानमा रहन सफल भएको छ। त्यस्तै, आठ खेलमध्ये सात खेल जितेको आर्मी दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरिसकेको छ।

आजको खेलको नतिजाले फाइनल समीकरणमा कुनै प्रभाव पार्ने छैन। दुवै टोली उपाधिका लागि यही चैत १६ गते भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा आमनेसामने हुनेछन्।

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij