जनकपुरधाम, २८ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरबाट अयोध्या जाने बस सेवाको संयुक्त आरम्भ गर्नुभएको छ । यो सँगै रामायण सर्किटको थालनी भएको छ ।  

उहाँहरुले हरियो झण्डा देखाएर संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो ।  नेपालको दुई दिने राजकीय भ्रमणमा जनकपुर ओर्लिनु भएका मोदीले एक घण्टा भित्रै आफ्नो पुजा–अर्चना गरी धार्मिकस्थल र जनस्तरमा सम्बन्ध जोड्ने कार्य आरम्भ गर्नुभएको हो । अव सीताको जन्मस्थल जनकपुर र रामको जन्मस्थल अयोध्यासम्म शुक्रबारबाट बस सेवा सुरु भएको छ ।