२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं, फागुन ५ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । दुई नेताबीच ओली निवास बालकोटमा झण्डै ४५ मिनेट एक्लाएक्लै छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

उनका अनुसार दुई नेताबीच सरकार गठन र पार्टी एकताका विषयमा छलफल भएको छ । छलफलको निश्कर्ष केही नखुलाइएपनि भोली पार्टी एकता संयोजन समितिको बैठक बसेर थप छलफल गर्ने सहमति भएको अधिकारीले जानकारी दिए ।

माओवादीको समर्थनमा ओली प्रधानमन्त्री बनिसकेपनि दुई पार्टीबीच एकीकृत पार्टीमा पदीय भागवण्डाका साथै वैचारिक तथा सैद्धान्तिक विषयमा कुरा मिलेको छैन । पार्टी एकता र सरकार गठनलाई प्याकेजमै सहमति गर्ने अडानमा रहेको माओवादी सरकारमा सहभागी नहुँदा प्रधानमन्त्री ओलीले पहिलो चरणमा आफ्नै पार्टीका दुई नेतालाई मन्त्री बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij