काठमाडौं । प्रधानमन्त्री केपी ओलीले काठमाडौं हाल कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त भएको बताएका छन् । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ स्थित पेप्सिकोला सनसिटी अपार्टमेन्टमा बस्ने ८१ वर्षीया वृद्धाले कोरोनालाई जितेपछि प्रधानमन्त्रीले काठमाडौं हाल कोरोना मुक्त भएको बताएका हुन् ।
प्रधानमन्त्रिले काठमाण्डौँ कोरोना विरामी मुक्त भएकोमा सन्तोष लागेको समेत बताएका छन् । उनले डिस्चार्ज भएका सबैलाई फेरी सुस्वास्थ्यको कामना समेत गरेका छन् ।
प्रधानमन्त्रीओलीले शुक्रबार ट्वीट गर्दै काठमाडौं हाल कोरोना मुक्त भएको उल्लेख गर्नुभएको छ । ‘कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना विरामी मुक्त भएकोमा सन्तोष लागेको छ’ प्रधानमन्त्रीको ट्वीटमा उल्लेख छ, ‘डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गर्दछु।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij