२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

प्रदेश १ मा उच्च सतर्कता अपनाइएकाे छः मन्त्री कार्की

प्रदेश १ मा उच्च सतर्कता अपनाइएकाे छः मन्त्री कार्की

फाइल तस्बीर
फाइल तस्बीर

विराटनगर – उदयपुर जिल्लामा एकैदिन १२ जनालाई कोरोनाभाइरस कोभिड १९ संक्रमण देखिएपछि प्रदेश सरकार नयाँ रणनीति बनाउन जुटेको छ। प्रदेश एकको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले १२ जना संक्रमितको सम्पर्कमा पुगेका उदयपुर ३ भुल्के ३ मस्जिद क्षेत्रमा सर्वसाधारणलाई पहिचान गर्दै र्यापिड डाइग्नोष्टिक टेष्ट(आडीटी) गर्ने बताए।

संक्रमित भेटिएका भुल्केका ३ क्षेत्रलाई बाहिरबाट सुरक्षा प्रदान गर्दै परीक्षणको कार्यलाई द्रुतगतिमा अघि बढाउने उनले बताए।
मन्त्री कार्कीले संक्रमण फैलिनसक्ने सघन क्षेत्र सुनसरी, मोरंग, झापा, उदयपुर र इलामलाई निगरानीमा राख्दै आरडीटीको मात्रा बढाउने मातहतका मन्त्रालयलाई आग्रह गरेको जानकारी दिए।

एकैदिन १२ जनासम्म संक्रमित देखापरेपछि प्रदेश सरकारले धरानमा १ सय शैयाको भवन एकदुईदिन भित्र तयार हुनेमा आफू विश्वस्त रहेको मन्त्री कार्कीले बताएका छन्। मन्त्री कार्कीले संक्रमितको संख्या बढ्ने क्रममा तीव्रता देखिएकाले नीजि अस्पताललाई समेत प्रयोग गर्न तयार रहेको प्रस्टाए।

यहाँको ल्याबप्रति कुनै आशंका नरहेको बताएका मन्त्र्री कार्कीले भने, ‘दुईपटक परीक्षण गर्ने प्रक्रिया अन्र्तगत काठमाडौँमा परीक्षणका लागि पठाइएको हो।’

उपचारका क्रममा केन्द्रमा राखिएका संक्रमितहरुको नतिजा पोजेटिभ हुन्जेल निगरानीमै राखिने र पछि नेगेटिभ देखिएपछि भने, सम्बन्धित स्थानमा समन्वय गरि पठाइने बताइएको छ।

संक्रमित १२ जनाको ट्राभल हिस्ट्रीदेखि उनीहरु कुन स्थानमा को कोसँग भेटवार्तामा थिए, संक्रमित कसरी भए भन्ने विषयमा प्रदेश सरकारले बुझ्न सुरु गरेको मन्त्री कार्कीले बताए।

मस्जिदमा रहेको ब्यक्तिमा संक्रमण देखिएपछि प्रदेश सरकारले मस्जिद लगायतका क्षेत्रसँगै बाक्लो वस्ती भएको स्थानलाई उत्तिकै प्राथमिकतासहित निगरानी कडा बनाइएको प्रदेश सरकारले जनाएको छ।

अभयकुमार राइ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij