२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

प्रतिष्ठानले स्टाफ नर्स कार्यक्रम सञ्चालन गर्ने

प्रतिष्ठानले स्टाफ नर्स कार्यक्रम सञ्चालन गर्ने

चितवन । भरतपुर अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको प्रमाणपत्र तहमा नर्सिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

अस्पतालले यसै शैक्षिक सत्रदेखि गुणस्तर वृद्धि गर्न भन्दै प्रतिष्ठान अन्तर्गतको स्टाफ नर्सको कक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

भरतपुर अस्पतालको अनुरोधलाई प्रतिष्ठानको बोर्डले सम्बन्धन दिने निर्णय गरेको हो ।

नर्सिङ सङ्कायकै स्नातकको पनि चिकित्सा विज्ञान प्रतिष्ठानकै कार्यक्रम सञ्चालन भइरहेको छ । प्रतिष्ठान अन्तर्गत चिकित्सा शास्त्रको स्नातकोत्तर (एमडिएमएस), एनेस्थेसिया एसिस्टेन्ड कार्यक्रम पनि सञ्चालन भइरहेको थियो ।

यसअघि अस्पतालले सिटिइभिटी अन्तर्गत स्टाफ नर्स कार्यक्रम सञ्चालन गरेको थियो । सिटिइभिटीलाई त्यसबारे जानकारी गराएर कार्यक्रम चलाउने अस्पतालले जनाएको छ ।

सरकारी अस्पतालमा स्वास्थ्य मन्त्रालय अन्तर्गत निकायको कार्यक्रम सञ्चालन गर्दा गुणस्तर र व्यवस्थापनमा सहज हुने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीले बताए ।

भरतपुर अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवधारणा अनुसार कार्यक्रम सञ्चालन गरिएको अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij