
प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा रहेको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सदस्य छन् । केहीबेर अघि संवैधानिक इजलासमा रिटसम्बन्धी सुनुवाइ सुरु भएको हो ।
प्रतिनिधिसभा विघटन बदरको मागसहित सर्वोच्चमा दायर ३० रिटमाथि संवैधानिक इजलासमा सुनुवाई हुँदैछ ।
बिहीबार प्रधानन्यायाधीश राणाको एकल इजलासले सर्वोच्च अदालततर्फका १९ वटा रिटलाई समेत संवैधानिक इजलासमा पठाउने निर्णय गरेको थियो ।
त्यसबाहेक ११ वटा रिट संवैधानिक इजलासतर्फ दर्ता भएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij