२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

प्रतिनिधिसभा बैठक प्रारम्भ, विभिन्न विधेयकमाथि छलफलको तयारी

प्रतिनिधिसभा बैठक प्रारम्भ, विभिन्न विधेयकमाथि छलफलको तयारी

काठमाडौं, ७ चैतः प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको छ। बैठकमा सांसदहरूले समय लिएर विभिन्न विषयमा आफ्नो धारणा राखिरहेका छन्।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ अनुसार सांसदहरूले उठाएका प्रश्नहरूको उत्तर दिने कार्यसूची तय गरिएको छ।

यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ माथि दफावार छलफल गर्नुपर्ने प्रस्ताव सदनमा प्रस्तुत गर्नुहुनेछ। सो विधेयकमा प्राप्त संशोधनहरू निर्णयार्थ पेश गरिनेछ।

साथै, उपप्रधानमन्त्री पौडेलले ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ, जसका संशोधनहरू पनि निर्णयार्थ पेश गरिनेछन्।

त्यस्तै, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि दफावार छलफल गर्नुपर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ। यस विधेयकमाथि प्राप्त संशोधनहरू निर्णयका लागि पेश गरिने छन्। उपप्रधानमन्त्री पौडेलले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि सदनसमक्ष प्रस्तुत गर्नुहुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij