काठमाडौं । नवगठित नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी सदस्यहरु छान्न अध्यक्ष प्रचण्डलाई सकस परेको छ । ४३ सदस्यीय स्थायी समितिमा विघटित एमालेबाट २५ जना र विघटित माओवादी केन्द्रबाट १८ जना नेता रहने भनिएको छ ।
तर तत्कालीन माओवादीबाट १० जनाको नाम टुंगो लागिसके पनि बाँकी नेताहरुको नाम छनोट गर्न प्रचण्डलाई अप्ठेरो परेको छ । स्रोतका अनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, वर्षमान पुन ‘अनन्त’, जनार्दन शर्मा ‘प्रभाकर’, शक्ति, पम्फा भुसाल र देव गुरुङ स्थायी समितिमा रहने लगभग पक्का छ । तर बाँकी नेताहरुको टुंगो लागिसकेको छैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij