२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

प्रचण्डलाई नयाँ बागी नेताको त्रास

प्रचण्डलाई नयाँ बागी नेताको त्रास

sf7df8f}F, !@ c;f/ . kfFr ljkIfL u7aGwn] zlgaf/ gofF afg]Zj/df cfof]lht zLif{g]tf / kqsf/ aLrsf] cGt/lqmofdf af]Nb} g]skf dfcf]jfbL s]Gb|sf cWoIf k'iksdn bfxfn …k|r08Ú . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । माओवादी केन्द्रभित्र पछिल्ला दिनमा अध्यक्ष प्रचण्डको बागीको रुपमा उपमहासचिव जनार्दन शर्मा देखिएका छन् । कुनै बेला प्रचण्डको बागीमा बाबुराम भट्टराई, मोहन बैद्य किरणजस्ता नेताहरु थिए । उनीहरु माओवादी केन्द्रबाट पाखा लाग्नुको कारण पनि प्रचण्डसँगको टसल थियो । व्यक्तिगत भन्दा पनि वैचारिक त्यो टसलमा प्रचण्डले उनीहरुलाई किनाराकृत गर्नुनै आफू्ना लागि श्रेयकर ठाने ।

तर, माओवादी केन्द्र भने विस्तारै खिईदै गयो । हरेक चुनावमा मतभार घट्दो क्रममा छ । केही बर्ष शान्त बसेका प्रचण्डलाई अहिले भने जनार्दनले तनाव बढाउन थालेका छन् ।

वैचारिक र नेतृत्वको हिसाबमा नारायणकाजी श्रेष्ठले प्रचण्डका विकल्पको रुपमा आउनुपर्नेमा त्यस्तो अवस्था देखिएको छैन । तर, शर्मा भने पछिल्ला दिनमा कट्टर रुपमा प्रचण्ण्डका निर्णयमा असहमति जनाउन सक्ने अवस्थमा देखिएका छन् । पार्टी सरकारमा भएको बेला होस् वा अहिले शर्मा निरन्तर बागी भूमिका देखिएका छन् । अहिले पार्टीभित्र पनि शर्माले प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नुपर्ने पक्षमा अभिमत राख्न थालेका छन् ।

पार्टी राज्यसत्तामा पुग्दा प्रचण्डकै नेतृत्वमा जाने तर पार्टी नेतृत्व चाहिँ हस्तान्तरण गर्नुपर्ने शर्माको तर्क रहेको छ । हुन त, शर्माको तर्कसँग अधिकांश नेतमहरुको समर्थन रहेको छ तर औपचाकि रुपमा सहमति जनाउन सकेका छैनन् । घुमाउरो पारामा नारायणकाजी श्रेष्ठले पनि उक्त अभिमत राखेका थिए । अन्य केही नेतामहरुले पनि प्रसंग निकालेका छन् तर प्रचण्ड स्वयम् भने त्यस्तो कुरा सुन्न पनि चाहिरहेका छैनन् । अझै १० बर्ष नेतृत्व हस्तान्तरण नहुने कोशी प्रदेश पुगेर गत साता प्रचण्डले भनेका थिए ।

प्रचण्ड नेतृत्व छोड्न तयार नभएको थाहा हुँहाँहुँदै पनि जनार्दन शर्माले किन उक्त कुरा उठाइरहेका छन् ? भन्ने चाहिँ चासोको विषय बनेको छ । प्रचण्डकै सचिवालयका केही मान्छेले भन शर्माले पार्टी फुटाउँदैछन् भन्ने हल्ला चलाएका थिए । अनि, अहिले शर्मा एमालेमा जाँदैछन् भनेर पनि हल्ला चलाएका छन् ।

त्यस्तो हल्ला चलाउने भूमिका भने छोरी गंगा दाहाल र स्वकीय सचिव रमेश मल्लको टीम थियो । यद्यपी, शर्माले पार्टी नेतृत्वमाथि प्रश्न उठाएर माओवादी केन्द्रको महासचिव हुन खोजेको चर्चा पनि माअ‍ोवादीभित्र भइरहेको छ । अनि, प्रचण्डले विप्लवलाई पार्टीमा ल्याएर महासचिव वनाउँलान् भन्ने चिन्ता पनि शर्मामा रहेको बताइन्छ । यी दुई कारणले नेतृत्वमाथि प्रश्न उठाएको भन्दै माओवादी केन्द्रमा शर्माबारे विश्लोषण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij