२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न

काठमाडौँ, ५ चैतः पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सभाले प्रतिष्ठानको चालु आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ। साथै, अघिल्लो आर्थिक वर्षको महालेखा परीक्षक प्रतिवेदनबारे छलफल गर्दै त्यसमा रहेका आवश्यक सुधारका पक्षमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिइएको छ।

सो अवसरमा कुलपति ओलीले चिकित्सा शिक्षाको स्तरवृद्धिसँगै पोखरा र आसपासका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा प्रतिबद्धता जनाउनुभयो। साथै, उहाँले आगामी आर्थिक वर्ष लाग्नु अघि नै बजेट तथा कार्यक्रम पारित गर्ने प्रक्रियालाई समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो।

यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं सहकुलपति प्रदीप पौडेलको उपस्थितिमा सम्पन्न बैठकमा प्रतिष्ठानका उपकुलपति डा. डुकबहादुर क्षेत्रीले आफ्नो कार्यकालमा भएका शैक्षिक, व्यवस्थापकीय तथा स्वास्थ्य सेवा क्षेत्रका उपलब्धिहरूको प्रतिवेदन प्रस्तुत गर्नुभयो।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij