बेलबारी (मोरङ), २७ फागुन : पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह आज हुँदै छ ।
दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित हुने सो विश्वविद्यालयका सूचना अधिकारी टेकप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आउँदै हुनुहुन्छ ।
सूचना अधिकारी अधिकारीका अनुसार कला सङ्कायतर्फ २०४, कानुनतर्फ ४९७, शिक्षाशास्त्र सङ्कायतर्फ ९०६, व्यवस्थापन सङ्कायतर्फ दुई हजार २४९, चिकित्साशास्त्र सङ्कायतर्फ दुई हजार १९८, विज्ञान तथा प्रविधि सङ्कायतर्फ ६५४ तथा इन्जिनियरिङतर्फ एक हजार ४४२ विद्यार्थी दीक्षित हुने छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij