२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

पानीजहाजकाे प्रधानमन्त्रीले गरे उद्घाटन

पानीजहाजकाे प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् ।

बिहीबार बिहान आयोजित एक समारोहका बीच प्रधानमन्त्री ओलीले एकान्तकुनामा स्थापना गरिएको कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीकाे निर्देशनमा कार्यालय स्थापना गरिएको र  छिट्टै राष्ट्रिय झण्डा राखेर पानीजहाज कुँदाउने बताए ।

सडक र हवाईभन्दा जलमार्गबाट सामान ढुवानी गर्न वातावरणीय दृष्टिले उपयुक्त हुने भन्दै उनले नेपाल जस्ताे भुपरिवेष्टित राष्ट्रका लागि याे गाैरवकाे कुरा भएको बताए । ‘प्रधानमन्त्रीज्यूले पानीजहाजको कुरा गर्दा खाल्डोमा कागजको जहाज बनाएर उल्लाईयो । जसले हामीलाई अझ काम गर्ने जोश आयो,’ महासेठले भने ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij