पाँचौ श्रृङ्खलाको रुपमा आयोजना भएको ओप्स स्पोर्ट फेस्टिबल सम्पन्न भएको छ । यही माघ ८ देखि १४ सम्म सञ्चालन गरिएको उक्त स्पोर्ट फेस्टिवलको शहरी विकास मन्त्री रामवीर मानन्धरले उद्घाटन गरेका हुन् ।

तारकेश्वरको वडा नम्बर ५ (गोलढुंगा)मा सञ्चालन भएको उक्त फेस्टिवलमा अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स)मा आवद्ध २५ विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाएका थिए । साताव्यापी चलेको उक्त फेस्टिबलमा फुटवल, एथ्लेटिक्स, भलिबल, व्याडमिन्टन लगायतका खेलकुदहरु सञ्चालन गरिएको थियो ।
यसपटकको फेस्टिबलमा सर्वाधिक आकर्षित मानिएको फुटबल तर्फ चिल्ड्रेन हेराल्डले उत्कृष्ट प्रथम स्थान हासिल गर्न सफल भएको छ । फुटबल तर्फ प्रगति स्कुलले द्वितीय र हिमरश्मी तथा मस्र्याङ्दी स्कुलले तृतीय स्थान हासिल गर्न सफल रहे ।
अर्को खेल एथ्लेटिक्स तर्फ हिमरश्मी, कौशल, लालिगुराँस र चिल्ड्रेन हेराल्डले उत्कृष्ट स्थान हासिल गर्न सफल भएका थिए । व्याडमिन्टन तर्फ लालिगुराँस, एन्जलहार्ट, हिमरश्मी र कौशल स्कुल उत्कृष्ट रहे ।
माघ १५ गते समापन भएको उक्त कार्यक्रम तारकेश्वर नगर शिक्षा प्रमुख होमनाथ न्यौपानेको प्रमुख आतिथ्यता एवं प्राध्यापक श्यामकुमार विष्टको विशेष आतिथ्यतामा समापन भएको थियो । उक्त कार्यक्रममा अन्य अतिथिहरुको अलावा सहभागिहरुको समेत व्यापक उपस्थिति रहेको थियो । विजयी तथा खेलाडीहरुलाई प्रमुख अतिथिबाट पुरष्कृत गरिएको थियो ।
अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स)को आयोजनामा सम्पन्न भएको उक्त फेस्टिबल ज्ञानसागर मा.वि.को संयोजनमा सम्पन्न भएको हो । खेलले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्र्रस्फुटनमा सहयोग पुर्याउने अपेक्षा सहित हरेक बर्ष यो कार्यक्रम गर्दै आइरहेको ज्ञानसागर मा.वि.का प्रिन्सिपल राजेन्द्र प्रसाद फुयाँलले बताउनुभयो ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij