भरतपुर सहर नेपालको पहिलो मर्करीमूक्त मेडिकल सहर बन्ने भएको छ । दीर्घ प्रदूषण तथा मर्करीको उत्सर्जन घटाउँदै लैजाने परियोजना अन्तरगत भरतपुर महानगरपालिकालाई नेपालकै पहिलो मर्करीमूक्त महानगरपालिकाको रुपमा विकास गर्ने किसिमले यसको निम्ति आवश्यक कामहरु भइरहेका छन् ।
यो अभियानले केवल जनस्वास्थ्य, अत्यन्त जोखीमपुर्ण बालबालिका र गर्भवती महिला समुदायको स्वास्थ्यलाई मात्र मर्करीको दुष्परीणामबाट जोगाउने नभई नेपाल सरकारले हस्ताक्षर गरी अनुमोदनको प्रकृयामा रहेको मिनामाता मर्करी महासन्धिले मानवीय गतिविधिबाट उत्सर्जन हुने मर्करीबाट मानव स्वास्थ्य र वातावरण जोगाउने अन्तर्राष्ट्रिय महासन्धि अनुशरण गर्न समेत सहयोग पुग्ने विस्वास लिईएको छ ।
हिजो अर्थात असार ४ गते जिल्ला जनस्वास्थ्य कार्यालय, भरतपुर महानगरपालिका र निजी अस्पताल संमन्वय समिति, भरतपुरको समन्वयमा संयूक्त राष्ट्र सघीय विकास कार्यक्रम, विश्व वातावरण कोष, साना अनुदान कार्यक्रम नेपालको सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रवद्र्घन केन्द्र, काठमाडांैले कार्यान्वयन गरिरहेको जनचेतना अभिवृद्धि, सांझा फोहर प्रशोधन केन्द्र निर्माणको निम्ति सहयोग र नीतिगत पैरवीको माध्यमले स्वास्थ्य क्षेत्रबाट दीर्घ प्रदूषण तथा मर्करीको उत्सर्जन घटाउँदै लैजाने परीयोजना यस्तो व्यवस्था गर्न लागिएको हो ।
हिजाे अायाेजना भएकाे एक कार्यक्रमबीच यस अन्तरगत करिब दुई दर्जन जति स्वास्थ्य सेवामा सक्रिय संस्थाहरुले मर्करीमूक्त भएको सम्मान पाइका छन् । मर्करीमूक्त स्वास्थ्य सेवा प्रदायक अस्पतालहरुमा पुष्पाञ्जली अस्पताल, सप्त गण्डकी अस्पताल लगायत छन भने मर्करीमूक्त दन्त चिकित्सा सेवा प्रदायक डेन्टल क्लिनिक हरुमा सनराईज डेन्टल क्लिनिक, हेल्दि स्माईल डेन्टल केयर सेन्टर, श्री डेन्टल क्लिनिक, पदम डेन्टल क्लिनिक आदि रहेका छन् । भरतपुर अस्पताल, मनकामना अस्पताल, नेशनल सिटी अस्पतालका दन्त चिकित्सा विभाग मर्करीमूक्त दन्त चिकित्सा विभागको लगायत समेत यसबाट सम्मानित भएका थिए ।
मर्करीमुक्त जिल्ला घोषणा गर्नुपुर्व सबै भरतपुरका करिब १ दर्जन भन्दा बढी स्वास्थ्य सेवा प्रदायक संस्था तथा दन्त चिकित्सा सेवा प्रदायक अस्पताल र दन्त विभाग÷क्लिनिकहरुलाई मर्करीमूक्त हुनको निम्ति आह्वान गरिएको थियो भने हालै ती सबै स्वास्थ्य सेवा प्रदायकलाई मर्करीमुक्त भएको स्वघोषणा गर्न लगाइएको थियो ।
सबै सेवाप्रदायकले मर्करीमुक्त भएको स्वघोषणा गरेपस्चात यसको शुक्ष्म अध्ययन तथा परीक्षण गरी एक समारोह बीच चितवन जिल्ला जनस्वास्थ्य कार्यालय प्रमूख विजय कुमार झाको प्रमूख आतिथ्यतामा एक समारोह आयोजना गरी मर्करीमुक्त बनाउन सहयोगी भुमीका निर्वाह गर्ने सबैलाई सम्मान समेत गरिएको थियो ।
मर्करीमुक्त कार्यक्रममा बोल्दै जनस्वास्थ्य तथा वातावरण प्रवद्र्घन केन्द्रका कार्यकारी निर्देशक रामचरि शाहले मर्करीमूक्तीको प्रयास वास्तवमै राम्रो प्रयाश रहेको बताउँदै
अरु स्वास्थ्य संस्थाहरु, मेडिकल कलेजहरु, दन्त चिकित्सकहरुको लागि मर्करीमूक्त हुनका लागि उदाहरण बन्न सक्ने बताउनुभयो । साथै अन्य शहर एवं देशको लागि पनि मर्करीमूक्त शहर बनाउन पहल हुनुपर्नेमा ऊहाँको जोड छ । स्मरण रहोस, जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रको यो अभियानमा विस्वव्यापी रुपमा जनस्वास्थ्य र वातावरण संरक्षणार्थ कार्य गरीरहेको अन्तराष्ट्रिय संञ्जाल World Alliance for Mercury Free Dentistry (WAMFD) and International POPs Elimination Network (IPEN) हरुको पनि ऐक्यबद्धता रहेको छ ।
डेन्टल कलेजको पाठयक्रम सुधार, आवस्यक कानून निर्माण साथै दन्त चिकित्सा सेवामा मर्करी अमल्गमको प्रयोगमा रोक, मर्करीजन्य उपकरण, रसायनको प्रयोगमा पुर्णतया प्रतिबन्ध लगायतका कामहरु गरी अन्त्यमा भरतपुर मेडिकल शहरलाई नेपालकै पहिलो मर्करीमूक्त मेडिकल शहरको रुपमा विकास तथा घोषणामा सघाउ पुग्ने अपेक्षाका साथ यस्तो प्रयाश थालिएको हो ।
उक्त कार्यक्रको अवसर पारेर रसायन सुरक्षा सम्बन्धी वातावरण पत्रकारीता तालिम कार्यक्रम पनि सम्पन्न भएको छ । विभिन्न रसायन समस्याहरु जस्तै दिर्घायी प्रदूषण (पप्स), मर्करी (पारो), मुख माछा र मानिसमा मर्करी, पेन्टमा सिसा (लेड), बालबालिकाको खेलानामा गर्हुङ्गो धातुहरु, घातक कस्मेटिक्स र वातावरणमैत्री विद्यालय आदि मुद्दाहरुको बारेमा केन्द्रका कार्यकारी निर्देशक रामचरित्र साहले प्रशिक्षण दिनुभएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij