२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

पहिरोले घर पुरिँदा रोल्पामा सुत्केरीसहित तीनजनाको मृत्यु

पहिरोले घर पुरिँदा रोल्पामा सुत्केरीसहित तीनजनाको मृत्यु

रोल्पामा नजिकैको पर्खाल भत्किएर अाएको पहिरोले घर पुरिँदा सुत्केरीसहित तीनजनाको मृत्यु भएको छ ।

पर्खाल भत्किएर रुन्टिगढी गाउँपालिका-५ सोइबाङमा ११ बजेतिर राजकुमार बिकको घर पुरिँदा उनकी श्रीमती २२ वर्षे कमला, १८ दिनकी छोरी आयुुसा र राजकुमारकी दाइकी छोरी १५ वर्षीया चित्राको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

लगातार वर्षा भएपछि सुत्केरीसहित बिहान भान्छा कोठामा आगो तापेर बसिरहेको अबस्थामा पर्खाल भत्किएर उनीहरु पुरिएको प्रहरीको भनाइ छ ।

यसैगरी अविरल वर्षाका कारण कैलालीमा कच्ची घर भत्किएर पुरिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका ९ धनचौरीकी ६२ वर्षीया दुथा राना रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । घरमै सुतिरहेको बेला घर भत्किँदा उनी च्यापिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij