२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

पर्सामा थप ६ जनामा कोरोना संक्रमण

पर्सामा थप ६ जनामा कोरोना संक्रमण

वीरगञ्ज – पर्साको कालिकामाई र सखुवा प्रसौनी गाउँपालिकामा गरि बुधबार ६ जना कोरोना संक्रमित थपिएका छन् । कालिकामाई गाउँपालिकामा ४ जना र सखुवा प्रसौनी गाउँपालिकामा २ जना गरि थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए ।

संक्रमण पुष्टि भएका मध्ये कालिकामाई गाउँपालिकाका १५, ३० ४२ र ४५ वर्षका ४ जना पुरूषहरू छन्। यस्तै सखुवा प्रसौनी गाउँपालिकाका २५ र ४९ वर्षका २ जना परूषहरु रहेका छन् ।

संकमण पुष्टि भएका सबैलाई उपचारको लागि नारायणी अस्पताल मातहत रहेको कोरोना विशेष अस्थायी गण्डक अस्पतालमा ल्याइने छ ।

यो सँगै पर्सामा कोरोना संक्रमितहरुको संख्या १ सय १० पुगेको छ । ९७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij