२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

पर्वतमा ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २८ वर्षीय राजन पक्राउ

पर्वतमा ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २८ वर्षीय राजन पक्राउ


पर्वत । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जलजला गाउँपालिका-२ तमिला खर्क बस्ने २८ वर्षीय राजन कार्कीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

कार्कीले एकजना महिलालाई साउन ३२ गते राति कुटपिट तथा जबरजस्ती करणी गरेको भन्ने उजुरी प्रहरीलाई प्राप्त भएको थियो ।

साेही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएकी महिलाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij