
को हुनुहुन्छ दुर्गादत्त ढकाल ?
स्याङ्जा जिल्लमा जन्मिनुभई लामो समय नेपालको प्रशासनिक क्षेत्रमा संलग्न रहेर विभिन्न सरकारी निकायमा कार्यरत रहनुभएका दुर्गादत्त ढकालले लामो समय नेपालमा गृह मन्त्रालय मातहतका निकायहरुमा रहेर काम गर्नुभएको छ । अर्थशास्त्रमा स्नातक तह र जनप्रशासनमा स्नातकोत्तर तहको अध्ययन पूरा गर्नुभएका ऊहाँले कानुनमा स्नातक तहको समेत अध्ययन गर्नुभएको छ । नेपाल सरकार अन्तरगत नै करिब ३५ बर्ष अनुभव समेट्नुभएका ढकाल हाल नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (ल्ब्त्ज्ः)मा कार्यकारी निर्देशकको रुपमा कार्यरत हुनुहुन्छ ।

नयाँ कार्यक्रम भित्र्याउनमा जोड :
नेपालमा निकै लामो अनुभव समेट्नुभएका ढकाल कुनै संस्थालाई राम्रो तवरले नेतृत्व गर्नको लागि अनुभवको अलावा उसको नेतृत्वदायी क्षमता, दक्षता र तत्परता लगायतका गुणहरु हुनुपर्ने मान्यता राख्नुहुन्छ । सदैव सकारात्मक सोचको साथ अघी बढ्नुपर्ने मान्यता राख्नुहुने ढकाल नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले सञ्चालन गर्दै आएका कार्यक्रमहरुको निरन्तरता, नयाँ कार्यक्रमहरुको बारेमा अध्ययन÷अनुसन्धान, नाथमका कार्यक्रमहरुलाई प्रभावकारी ढङ्गले विस्तार गर्ने, पुर्वाधार निर्माण लगायतका कुराहरुलाई विशेष प्राथमिकताको साथ अघी बढाउने लगायतमा जोड दिनुभएको छ । पछिल्लो समय यो संस्थालाई मानित विश्वविद्यालयको रुपमा अघी बढिरहेको सन्दर्भमा यसको मुख्य नेतृत्वको जिम्मेवारी समेत ऊहाँकै हातमा छ ।
संस्थागत हितमा जोड :
आफू जुन संस्थामा संलग्न रहेपनि उक्त संस्थाको हितमा काम गर्न सकियोस् भन्ने मान्यता राख्ने ढकाल अरुको कल्याणमा नै आफूलाई सन्तुष्टिको महसुस गर्नुहुन्छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा कार्यकारी निर्देशकको रुपमा कार्यरत ढकाल नेपालको पर्यटन शिक्षामा समयानुकुल नयाँ प्रविधि अबलम्बन गर्नुपर्नेमा जोड दिँदै सोही बमोजिमको व्यावहारिक तथा प्रविधिमा आधारित शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनुहुन्छ ।
गुणस्तरीयताको पर्याय नै नाथम :
नेपालमा प्रयोगमा आधारित शैक्षिक कार्यक्रमहरु सञ्चालनमा हाल नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले विशेष जोड दिँदै आएको छ । यस संस्थाबाट अध्ययन गरेका विद्यार्थीहरु अहिले स्वदेश तथा विदेशमा विभिन्न प्रतिष्ठित स्थानमा पुग्न सफल छन् । आफैं उद्यमी बन्न चाहनेहरुको निम्ति समेत ठूलो सङ्ख्यामा यस संस्थाका विद्यार्थीहरु सफल छन् । यस प्रतिष्ठानमा अध्ययन सँगै अन्य गतिविधिहरु सञ्चालन गर्ने कार्यलाई विशेष जोड दिइएको र यसको लागि अतिरिक्त शुल्क समेत लिइने अवस्था नरहेको साथै यस संस्थामा अध्ययन गरेका तथा तालिम लिएका व्यक्तिहरु पनि विभिन्न क्षेत्रमा सफल नै रहेको पाइएको अर्थात उपलब्धि दर उच्च रहेको लगायतका कुरालाई विचार गरेर नै हाल यस प्रतिष्ठानमा अध्ययन गर्न पाउनुमा विद्यार्थीहरुले विशेष गौरवान्वित महसुस गर्छन् ।
विद्यार्थी जहाँ पुगेपनि त्यहाँको वातावरणमा सहजै घुलमिल भई जिम्मेवारीलाई सहज तवरले काम गर्न सक्ने र जिम्मेवारीपूर्वक काम पूरा गर्न सक्ने किसिमले संस्कारयुक्त र प्रविधिमा आधारित शैक्षिक कार्यक्रम सञ्चालनको योजना सहित यो संस्था निरन्तर अघी बढेको समेत कार्यकारी निर्देशक ढकाल बताउनुहुन्छ ।
ढकाल नेतृत्वमा अघी बढेका कार्यक्रमहरु :
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा ढकालले नेतृत्व लिएपश्चात् यस बर्ष विगतका अध्ययन हुँदै आएको शैक्षिक कोटा बढाएर थप सङ्ख्यामा विद्यार्थीहरुले अध्ययन गर्न सक्ने व्यवस्था मिलाईएको छ । व्याचलर इन ट्राभल एण्ड टुरिजम म्यानेजमेन्टमा विगतमा १ सय २० विद्यार्थीले अध्ययन गर्दै आएकोमा यस बर्ष १ सय ६० पु¥याइएको छ । पछिल्लो समय शुरु गरिएको भवन निर्माण कार्य समेत सम्पन्न हुने क्रममा छ । संस्थागत सुधार लगायतमा समेत हाल विशेष जोड दिइएको छ । प्रतिष्ठानले विद्यार्थीको अध्ययनलाई लोडसेडिङबाट प्रभावित हुन नदिनको निम्ति वैकल्पिक विद्युतको समेत व्यवस्था गरेको छ । समग्रमा संस्थाले यस आर्थिक बर्षको प्रथम चौमासिकमा निर्धारित लक्ष्य भन्दा बढी उपलब्धि हासिल गरेको छ ।
‘अहिले हामीले नेपालको यस पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले अबलम्बन गर्ने कार्यक्रमहरुलाई आवश्यकता अनुसार ७ ओटै प्रदेश मार्फत देशका सबै क्षेत्रमा विस्तार गर्ने योजनाको साथ काम अघी बढाउने योजनामा छौं । यस सम्बन्धमा हामीले ४ नम्बर प्रदेशका प्रमुखसँग कुरा गर्दा ऊहाँ निकै सकारात्मक रहेको हामीले पाएका छौं । यस पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को सञ्जाल पोखरा क्षेत्रमा विस्तार गर्ने क्रममा आफू आवश्यकता बमोजिमको सहयोग प्रदान गर्न तयार रहेको ऊहाँले बताउनुभएको कारण समेत हामीलाई थप हौसला मिलेको छ ।
प्रतिष्ठानका प्रशिक्षणमूलक कार्यक्रमहरु :
हाल यस प्रतिष्ठान अन्तरगत ट्राभल, टुर गाईड, टे«किङ, टे«किङ गाइड लगायतका तालिमहरु सञ्चालनन हुँदै आएका छन् । होटल व्यवस्थापन अन्तरगत साना होटल एण्ड लज म्यानेजमेन्ट टे«निङ, वेसिक कुक टे«निङ, वेसिक वेटर टे«निङ लगायतका कार्यक्रमहरु सञ्चालन हुँदैं आएका छन् । यसैगरी यस संस्थाले कुकिङ तर्फ इण्डियन, चाइनिज लगायतका कुक तालिम, वरिस्ता (कफी मेकिङ) तालिम, वेकरी तालिम लगायत सञ्चालन गरिरहेको छ । पछिल्लो समय यस संस्थाले विदेश जाने नेपाली विद्यार्थीहरुलाई समेत लक्षित गरेर विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्ने योजना बमोजिम अघी बढेको छ ।
सीप विकासको महत्व :
नेपालका युवाहरु तालिम लिएर विदेशमा जाने हो भने बिना सीप विदेशिने नेपालीको तुलनामा राम्रो कमाई सक्ने अवस्था रहन्छ । छोटो अवधि अर्थात केवल १ महिन मात्र लाग्ने वरिस्ता तथा वेकरी लगायतका तालिमहरुले पनि विदेशमा राम्रो स्तरीय काम पाउन सक्ने अवस्था छ । नेपालमा पनि पछिल्ला दिनहरुमा यस्ता तालिमहरुको महत्व बढ्दै गएको छ, जसले गर्दा राम्रो तलबमा काम पाउने सम्भावना अधिक रहन्छ । पछिल्लो समय नेपालका पनि विभिन्न कम्पनीहरुले कर्मचारी आवश्यक पर्दा नाथमलाई नै विश्वास गर्ने प्रचलन समेत बढेको छ । उनीहरुले यस शैक्षिक संस्थामा नै आएर विद्यार्थीको क्षमता परीक्षण गरेर आफ्नो कम्पनीमा जागिरको लागि छनौट गर्ने प्रचलन विकास भएको कारण अध्ययनकै समयमा समेत जागिर प्राप्त गर्ने अवसर बढेको छ । यस किसिमको कार्यमा नाथमले समेत सकारात्मक भूमीका निर्वाह गर्दै आएका छ ।
संस्थाको उच्च मूल्याङ्कन सहित पाटाबाट सम्मानित :
पछिल्लो समय यस प्रतिष्ठानबाट संस्थाबाट अध्ययन गरेका विद्यार्थीहरुलाई अन्य संस्थाहरुले पनि उच्च मूल्यांकन गरिरहेका छन् । ती मूल्याङ्कनको आधारमा यस संस्थालाई विभिन्न अवार्डहरु समेत प्राप्त भइरहेको छ । यस बर्ष विशेष गरी पाटा नेपाल च्याप्टरको तर्फबाट वेष्ट स्टुडेन्ट समेत अवार्ड प्राप्त गर्न नाथम सफल भएको छ । जुन प्रतिष्ठानको लागि निकै गौरवको विषय हो । यसबाट आफूहरुलाई निरन्तर रुपमा संस्थागत सुधारलाई ध्यान दिँदै आगामी गतिविधि अघी बढाउन थप प्रोत्साहन मिलेको ढकाल बताउनुहुन्छ ।
नाथमले समेत आफ्नो दायरालाई फराकिलो बनाउँदै नेपालमा सन् २०२० मा भित्रन लागेका २० लाख पर्यटकहरुलाई गुणस्तरीय सेवा दिन सकियोस् भन्ने मान्यता बमोजिम पर्यटन तथा होटल व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादनमा थप सशक्त तवरले लागिरहेको छ । साथै यस कार्यमा पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)बाट अध्ययन गरेका विद्यार्थीहरुले समेत ग्रामीण तथा दुर्गम क्षेत्र सम्म पर्यटन र यसको गुणस्तरीयता कायम गर्नको निम्ति महत्वपूर्ण काम गर्न सकुन् भन्नेमा नाथम नेतृत्व सचेत देखिन्छ ।
डिन युनिभर्सिटीको योजना :
नेपाल सरकार अन्तरगत यस संस्थालाई डिन युनिभर्सिटी (मानित विश्वविद्यालय)को रुपमा विकास गर्ने कार्य समेत अघी बढेको छ । यस क्रममा विस्तारै प्रक्रिया अघी बढिरहेको छ । हाल यो विधेयकको रुपमा यसलाई अघी बढाइएको छ । जुन कानुन मन्त्रालयमा मस्यौदाको रुपमा पुगेको छ । कानुन मन्त्रालयबाट पास भएपश्चात् मन्त्री परिषदबाट यसलाई पारित गरेर पुनः कानुन मन्त्रालयबाट स्वीकृत भइ संसदबाट पास भएपश्चात् औपचारिक रुपमा पूर्ण कार्यान्वयनमा जानेछ । यसको लागि नाथमले सबै निकायबाट सैद्धान्तिक सहमति प्राप्त गरिसकेको छ । यससँगै नेपालको पर्यटन शिक्षामा निकै ठूलो उपलब्धि हासिल हुनेछ । प्रतिष्ठान मातहत अघी बढाइएका तालिम तथा औपचारिक शैक्षिक कार्यक्रमहरु आवश्यकता बमोजिम अन्य शैक्षिक संस्था मातहत समेत सञ्चालन हुने गरी देशभर यी कार्यक्रमहरु सञ्चालन गर्न समेत बाटो खुल्ला हुनेछ ।
यसकारण तालिम सञ्चालन गरेका छौं :
पछिल्ला बर्षहरुमा अन्य विश्वविद्यालयहरुमा समेत तालिम तथा शैक्षिक कार्यक्रमहरु सँगसँगै सञ्चालन गरिएको पाइन्छ । औपचारिक कोर्षमा आधातिर शैक्षिक कार्यक्रमको तुलनामा छोटो अवधिका प्रयोगमा आधारित तालिम बढी प्रभावकारी समेत रहेका हुनाले सोहीबमोजिम नाथमले पनि यस्ता तालिमहरु सञ्चालन गर्दै आएको छ ।
सात ओटै प्रदेशमा शैक्षिक कार्यक्रमहरु विस्तारको योजना :
नाथमका कार्यकारी निर्देशक ढकाल भन्नुहुन्छ, ‘अहिले हामीले नेपालको यस पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले अबलम्बन गर्ने कार्यक्रमहरुलाई आवश्यकता अनुसार ७ ओटै प्रदेश मार्फत देशका सबै क्षेत्रमा विस्तार गर्ने योजनाको साथ काम अघी बढाउने योजनामा छौं । यस सम्बन्धमा हामीले ४ नम्बर प्रदेशका प्रमुखसँग कुरा गर्दा ऊहाँ निकै सकारात्मक रहेको हामीले पाएका छौं । यस पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को सञ्जाल पोखरा क्षेत्रमा विस्तार गर्ने क्रममा आफू आवश्यकता बमोजिमको सहयोग प्रदान गर्न तयार रहेको ऊहाँले बताउनुभएको कारण समेत हामीलाई थप हौसला मिलेको छ ।
खासगरी स्थानीय बजारमा उपयुक्त हुने कार्यक्रमहरु (गाउँघरमा होमस्टे र शहरी क्षेत्रमा चिनियाँ भाषा लगायत) उक्त क्षेत्रमा आवश्यक रहेको प्रदेश प्रमुखले बताउनुभएको अवस्थामा अब नाथम सोही बमोजिम विभिन्न गतिविधिहरु सहित अघी बढ्न लागेको छ । यस क्रममा नाथमले समेत आफ्नो दायरालाई फराकिलो बनाउँदै नेपालमा सन् २०२० मा भित्रन लागेका २० लाख पर्यटकहरुलाई गुणस्तरीय सेवा दिन सकियोस् भन्ने मान्यता बमोजिम पर्यटन तथा होटल व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादनमा थप सशक्त तवरले लागिरहेको छ । साथै यस कार्यमा पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)बाट अध्ययन गरेका विद्यार्थीहरुले समेत ग्रामीण तथा दुर्गम क्षेत्र सम्म पर्यटन र यसको गुणस्तरीयता कायम गर्नको निम्ति महत्वपूर्ण काम गर्न सकुन् भन्नेमा नाथम नेतृत्व सचेत देखिन्छ ।
सहकार्यमा विशेष जोड:
कुनै क्षेत्रमा पर्यटनसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्नको निम्ति बजेट तथा अन्य स्रोतसाधनको अभाव रहे आफूहरुले आफ्नो आन्तरिक स्रोतको प्रयोगको अलावा माथिल्लो निकायसँग सहकार्य गरी सम्भव रहेसम्म जसरी पनि ती कार्यक्रम सञ्चालन गर्ने मान्यता सहित आफूहरुले ती कार्यक्रम अघी बढाइरहेको ढकाल बताउनुहुन्छ । अन्य विभिन्न संस्थाहरु सँगको आपसी सहकार्यको माध्यमबाट नै यस संस्थालाई सक्षम, सुदृढ र सशक्त संस्थाको रुपमा अघी बढाउन सकिनेमा ढकालको जोड छ ।
हाल यस प्रतिष्ठानमा ६२ जना कर्मचारीहरु कार्यरत छन् । यसैगरी करिब १२ सय विद्यार्थीहरु अध्ययनरत छन् । यो संस्थाले निरन्तर रुपमा विद्यार्थीको हितलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु समेत अघी बढाइरहेको छ । साथै आगामी दिनमा नेपालका शैक्षिक परामर्शदाताहरुसँग समेत सहकार्य गर्ने योजनामा आफूहरु रहेको समेत बताउनुभएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij