२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

पर्यटन क्षेत्र टिकाउन भन्दै सरकारसँग व्यवसायीहरुले गरे यस्ता माग

पर्यटन क्षेत्र टिकाउन भन्दै सरकारसँग व्यवसायीहरुले गरे यस्ता माग

नेपालमा पर्यटन क्षेत्र थिलोथिलो भएको र यसलाई पहिलेको अवस्थामा ल्याउनको लागि बर्षाैं समय लाग्ने पर्यटन व्यवसायीहरुको निष्कर्ष छ ।

प्रतिष्ठित पर्यटन व्यवसायीहरु नै व्यवसायबाट पलायन हुनुपर्ने अवस्था देखिएको कारण यसबाट श्रमिक र मजदुरहरुको समेत ठूलो रोजगारी यस क्षेत्रबाट सङ्कटमा पर्ने अवस्था देखिएको बताउँछन् पर्यटन व्यवसायीहरु ।

यस्तो अवस्थाालाई विचार गर्दै नेपाल सरकारले पर्यटन क्षेत्रका करहरुलाई पुनर्विचार गर्नुपर्ने व्यवसायीहरुले बताउँदै आएका छन् ।

व्यवसायीहरु समेटिएका विभिन्र संस्ठाहरूले व्यवसायलाइ नयाँ गति दिनकाे लागि  नेपालमा अबको बजेट मार्फत पर्यटन व्यवसायलाई टिकाइराख्न सरकारले बजेट मार्फट निम्न विशेष व्यवस्था हुनुपर्ने माग सहित एेक्यवद्धता जनाएका छन् ।

जस अन्तरगत पर्यटकीय यातायातको लागि मूल्य अभिवृद्धि करको कर मिलान गरिनुपर्ने, व्यावसायिक सन्तुलनको लागि २ प्रतिशत व्याजदरमा सहुलियतपूर्ण कर्जा व्यवस्था गरिनुपर्ने, व्यवसायीले तिर्नुपर्ने ब्याज समेतलाई पुँजीकृत गरी अवस्था सामान्य भएपछि त्यसलाई साँवा सहित फिर्ता गर्न सकिने गरी व्यवस्था मिलाउनुपर्ने, पर्यटन यातायात र ट्राभल एजेन्सीलाई समेत पुनर्कर्जा सुविधा उपलब्ध गराउनुपर्ने, अहिले व्यवसायीले लिँदै आएको कर्जामा थप ३० प्रतिशत दीर्घकालिन कर्जा लिन पाउनुपर्ने, विगतमा लिएको कर्जा बढीमा ३ प्रतिशत सम्म हुने व्यवस्था गर्नुपर्ने, पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न कर भुक्तानी तथा नवीकरणमा ५० प्रतिशत छुट गर्नुपर्ने, कृषि सरह राहत प्याकेज व्यवस्था गर्नुपर्ने, घर भाडा छुटलाई उचित सम्बोधन गर्नुपर्ने र पर्यटन व्यवसायीलाई बिना धिता २५ लाख सम्म कर्जा उपलब्ध गराउनुपर्ने लगायत छन् ।

पर्यटन व्यवसायमा संलग्न व्यवसायीहरू समेटिएका टान, नाट्टा, साेट्टाे, नारा लगायतका संस्थाहरूले बजेट मार्फत विशेष सम्बाेधन गर्नुपर्नेमा एेक्यवद्धता जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij