२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

पप्पुले ठेक्का लिएको तीनकुनेको आर्क पुलको ठेक्का तोडियो

पप्पुले ठेक्का लिएको तीनकुनेको आर्क पुलको ठेक्का तोडियो

काठमाडौं । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले तीनकुनेस्थित आर्क पुलको ठेक्का तोडेको छ । विवादास्पद पप्पु कन्सट्रक्सनले पुल निर्माणमा रहेको गल्ती सुधार्न दिएको निर्देशन नटेरेको र अलपत्र पारेको भन्दै ठेक्का तोडेर पप्पुलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिससमेत गरेको छ ।

पुल निर्माणमा गम्भीर गल्ती गरेको पप्पुले आयोजनाको निर्देशन बारम्बार अटेर गरेकाले ठेक्का तोडेको आयोजनाले जनाएको छ । आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर ठेक्का तोडेको जानकारी दिएका छन् ।

आयोजनाले ठेकेदार कम्पनीले मोबिलाइजेसन रकम लिनको लागि राखेको अग्रिम भुक्तानीबापतको दुई करोड ७७ लाख धरौटी जफत गरिएको छ । पर्फर्मेन्स बन्ड जफत गर्न बैंकलाई अनुरोध गरेको छ ।

संसद्को विकास तथा प्रविधि समितिले गरेको अध्ययनले पुलको जगको पाइल निर्माणमा गम्भीर त्रुटि रहेको भन्दै सच्याउन निर्देशन दिएको थियो । राजनीतिक पहुँचका आधारमा मनपरी गर्दै आएको पप्पुले त्यसलाई बेवास्ता गरिरह्यो ।

आयोजनाका प्रवक्ता श्रेष्ठले अब विज्ञबाट अध्ययन गराएर पुल निर्माणको काम अघि बढाइने बताएका छन् । प्रतिनिधिसभा सदस्य हरिनारायण कम्पनी पप्पु कन्सट्रसनले दुई दर्जनभन्दा धेरै पुल अलपत्र पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij